नेभिगेशन
समाज

मोरङ, झापा र सुनसरीमा लागुऔषधसहित ७ जना पक्राउ

पूर्वी नेपालका तीन जिल्ला—मोरङ, झापा र सुनसरीमा प्रहरीले विशेष चेकजाँच तथा अपरेसनमार्फत लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

मोरङ
रतुवामाई नगरपालिका–१ स्थित सिजुवा इलाका प्रहरी कार्यालयले चैत २९ गते चेकजाँचका क्रममा को.१५ प १९६ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिएको छ। उर्लाबारी–३ का ३५ वर्षीय किरण राई र काजीमान लिम्बुको साथबाट ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ निवासी ५१ वर्षीय कुमार लिम्बुलाई इलाका प्रहरी कार्यालय पथरीले १ ग्राम ब्राउन सुगरसहित निजकै घरबाट पक्राउ गरेको हो।
साथै, इलाका प्रहरी कार्यालय बुधबारेले जहदा गाउँपालिका–१ स्थित सडक छेउमा फालिएको अवस्थामा १४ किलो गाँजा बरामद गरेको छ।

सुनसरी
बराहक्षेत्र नगरपालिका–३ मा चेकजाँचको क्रममा धरान–८ का २४ वर्षीय दिपेश लिम्बु र धरान–१९ का सुमन राईलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५७० क्याप्सुल र स्पास्पेन १,४७० ट्याब्लेटसहित पक्राउ गरिएको हो।

झापा
बिर्तामोड नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भारत बेङ्लोरकी ३७ वर्षीया सनम सेख र ५१ वर्षीय इब्राहिम केथाड्थलाई ५ किलो ५३४ ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्