नेभिगेशन
राजनिती

कोशी प्रदेशमा ‘पर्यटन वर्ष २०८२’ लक्षित सवारी साधनमा स्टीकर टॅास्ने कार्य सुरु

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रम सुरु गरेको छ।

विराटनगर–१५ मा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भारतीय पर्यटकका सवारी साधनमा स्टीकर टाँस गरी कार्यक्रमको उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री कार्कीले पर्यटकलाई सुरक्षित र सहज यात्राको वातावरण तयार गर्न यो कार्यक्रम थालिएको बताएका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सीमा नाकामै स्टीकर टाँस गरिने हुँदा पर्यटकलाई यातायात कार्यालय धाउनु नपर्ने बताए।

पर्यटन मन्त्री सादनन्द मण्डलले “अतिथि देवो भवः”को भावना अनुसार सेवा र सुरक्षा सुनिश्चित गरिने बताए। कार्यक्रममा अन्य मन्त्रीहरू, सुरक्षा निकाय प्रमुख, अधिकारीहरू, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो।

रानी, काँकरभिट्टा, कोशी ब्यारेज, र पशुपतिनगर नाकामा प्रवेश गर्ने सवारी साधनमा स्टीकर टाँस गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

संम्बाद दाता

थप राजनिती