Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized राजनिती

सत्ता छाड्नु परेपछी गृहमन्त्री रवी लामिछाने अत्तालिए –शसांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवंम केन्द्रिय सदस्य डा. सशांक कोइरालाले गृहमन्त्री रबी लामिछाने अत्तालिएर जथाभावी प्रतिक्रिय दिदै हिड्न थालेको आरोप लगाएका छन । बुधबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोइरालाले सत्ता समिकरण परिवर्तन भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने आत्तिएको आरोप लगाए ।
लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका थिए । पार्टी पदाधिकारी बैठकपछि मंगलबार लामिछानेले दिएको यस्तो प्रतिक्रियालाई लक्षित गर्दै लामिछानेले सत्ता छाड्नुपर्दाको पिडा ब्यक्त गरेको कोइरालाले आरोप लगाए । उनले भने– अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ लामिछाने जी लाई नि यस्तै भएको छ ।
कांग्रेस एमालेबिचको नया समिकरण बनेपछी नेकपा एमालेबाट मन्त्री भएकाहरुले तत्काल राजीनामा दिनुपर्ने कोइरालाले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गरेपछी एमालेलले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर दबाब दिनुपर्ने कोइरालाले बताए ।
लोकतन्त्रको सुन्दरता भनेकै बलियो प्रतिपक्ष भएको बताउदै कोइरालाले दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशंका ब्यक्त गरे । यसले मुलुक एकतान्त्रिक शासनतर्फ जान सक्ने डर भएको कोइरालाको भनाई थियो । कोइरालाले भने –’सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने प्रतिपक्ष भएपछि लोकतन्त्र कसरी बलियो हुन्छ ? प्रतिपक्षलाई बलियो बनाउन सक्नुपर्छ । प्रतिपक्ष बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ ।’
    कम्युनिस्ट पार्टीसँग मिल्नु हुँदैन भनेर आफूले बिगतदेखिनै भन्दै आएको बताउदै कोइरालाले कांग्रेसकै कारण कम्युनिस्टहरू स्थापित भएको दाबी गरे । संबिधानमा संशोधन गर्नुपर्ने थुप्रै बिषयहरु रहेको भन्दै यसमा सबैको साथ चाहिने कोइरालाले बताए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद