Roamwings.com

https://www.facebook.com/roamwingstravel/

शिक्षा

एसइईमा परीक्षमा सरस्वती मावि एभरेष्ट चिल्ड्रन होम बोर्डिङ स्कुललको उत्कृष्ट नतिजा

धरान : यस बर्षको एसईई परीक्षामा धरान उपमहानगरभित्र रहेका विद्यालयहरु मध्ये धरान वडा नम्बर ६ मा रहेको सरकारी तथा नीजि विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् ।
पानबारीमा रहेको सवैभन्दा पुरानो सरकारी विद्यालय सरस्वती माविले यस बर्ष भने गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । यस बर्षको(एसईई) मा ६९.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालले बताए ।
“९९ प्रतिशत  विद्यार्थी परीक्षा सहभागी भएकोमा ६९ जना उतिर्ण भएका छन, ३.६ भन्दा बढि जिपिए २ जना, ३.२ देखि ३.५९ जिपिए १६ जना,२.८ देखि ३.१९ सम्म २७ जना र  २.४ देखि २.७९ सम्ममा २४ जना उत्तीर्ण भए भने,२७ जनाले पुरक परीक्षा दिन पाउनेछन्,यो नतिजा हेर्दा गत बर्षको भन्दा राम्रो रहेको दाहालले बताए ।
” सरस्वती मावि साविक पाँचकन्याको एक मात्र मावि स्तरको सरकारी विद्यालय हो । उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु राम्रो नतिजा ल्याएर उतीण हुने गरेका छन् ।
शिक्षा सन्देशको यो बर्षको एसइई परीक्षामा जम्मा ३३ जना विद्यार्थी सामेल रहेका थिए । परीक्षामा २९ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको स्कुल सञ्चालक समितीका अध्यक्ष चन्द्र बहादुर (आनन्द) सुबेदीले बताए । उनका अनुसार ८ जना विद्यार्थीले ए प्लस,११ जनाले ए,९ जनाले बी प्लस र १ जनाले बी ग्रेडमा उतीर्ण भएको जनाइएको छ । यो नजिता गत बर्ष भन्दा राम्रो नजिता भएको विद्यालयले जनाएको छ । शिक्षा सन्देश स्कुलले गत बर्षदेखि कक्षा ११ र १२ को अध्यापन पनि शुरु गरेको छ ।
यसैगरि पानबारीमै रहेको एभरेष्ट चिल्ड्रन होम बोर्डिङ स्कुलले भने सत प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । स्कुलका प्रिन्सिपल भुपाल पौडेलका अनुसार  यो बर्षको एसईई परिक्षामा जम्मा विद्यार्थी १९ जनाले परीक्षा दिएका थिए । ३ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भए । अन्य १६ जना ए ग्रेडमा उतीर्ण भएको पौडेलले बताएका छन् ।
प्रिन्सिपल पौडेलले भने,“यो हाम्रो सतप्रतिशत नतिजा हो, सवैजनाले ए ग्रेड ल्याएर उतीर्ण भएका छन्, गत साल भन्दा पनि राम्रो र उत्कृष्ट नतिजा हो, हामी विद्यार्थीलाई आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउनको लागि  प्रयासरत रहेका छौ,यो हाम्रो विद्यालयको सफलता पनि हो । यो स्कुलमा सुनसरीको धरान,मोरङको केराबारी सहितका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । एभरेष्टले पनि निकट भविष्यमै कक्षा ११ र १२ को कक्षा शुरु गर्ने तयारी गरेको छ । 

छुटाउनुभयो कि ?

शिक्षा

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

धरान :  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी
शिक्षा

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

धरान ;विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले रामपुरका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।रामपुर नगरपालिका