Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

आजको मौसम  अप्डेट

१४ असार ,बिटिभी न्युज :

देशभर मनसुनी वायुको प्रभाव
– अहिले देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरू साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो