धरान :धनकुटा जिल्लाको चौवीसे गाउँपालिका का पद्मा लिम्बुले पुर्ण २६ बर्ष पछि आफ्नो अध्ययनलाई सुरु गरेका छन ।
पढ्ने मन हुदा पनि विविध कारणले अध्ययनलाई बीचैमा छोड्नु परेको उनले बताए । धनकुटाका ४३ बर्षिय पद्मा लिम्बु अहिले धरान उपमहानगरपालिका ८ मा रहेको सहीद स्मृति माविमा गत बर्ष कक्षा ८मा भर्ना भई पढाईलाई निरन्तता दिन पाएकोमा खुसी भएको सुनाउछन ।
लिम्बु अहिले कक्षा ९ मा अध्ययन गरिरहनु भएको छ । लिम्बुको तीन सन्तान छन अहिले पविारकै सहयोगमा धरानमा बसेर अध्यायन गरिरहनु भएको बताए । ,
उनले भने “सानो छँदा पढ्छु भन्दा पनि विकट ठाउँ पढ्न पाउने अवस्था अहिले जस्तो सहज थिएन, बिहेपछि घर व्यवहारले च्यापी हाल्यो त्यसैले गर्दा अहिले फेरी पढ्न सुरु गरेकी हुँु ।”४३ बर्षिय लिम्बु उनी नियमित विद्यालय जाने गरेका छन । पछिल्लो समय अन्य विद्यार्थी जस्तै उनी हरेक दिन किताब, कापी बोकेर अध्ययनका लागि विद्यालय आउने गर्छन ।
कक्षा १२ सम्म पढ्ने इच्छा रहेकोले पढाईलाई नै प्राथमिक्तामा राखेर अध्यायन गरिरहेको बताउछन ।
उनलाई अहिले कक्षा ९ को मनिटरको जिम्मा समेत दिइएको विद्यालयका प्रद्यानाध्यापक रामबहादुर बिस्टले बताए । उनले गाउँबाट आएर विद्यालय नजिकै कोठा भाडामा लिएर अध्ययनलाई निरन्तता दिएको र उनको पढाई राम्रो रहेको प्रद्यानाध्यापक बिस्ट बताउछन ।
पद्मा लिम्बु २०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, र जिल्ला समन्वय समिति धनकुटाको सदस्य समेत बनेका लिम्बुलाई पढ्ने रहर हुदा पनि पढ्न नपाएर २६,२७ बर्षसम्म स्थगित गरेको पढाई २६ बर्षपछि पुर्णता दिन पाउँदा खुसी भएको बताए ।