Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

डी पी बिलिभर्स इङ्गलिस स्कुलमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतना

धरान: धरान-५ देउराली स्थित डी पी बिलिभर्स इङ्गलिस स्कुलमा लागु औषध दुर्ब्यसन  सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभागिता थियो ।

 कार्यक्रममा  स्कुलका प्राचार्य संजीप बान्तवाले विद्यालयतहदेखि नै विद्यार्थीहरुलाई अध्ययनसँगै विविध अत्यावश्यक विषयहरूमा सचेतनामुलक कार्यक्रमहरु आयोजना गरि लागु पदार्थ एवम् मद्यपानबाट व्यक्ति, परिवार र समाजमा हुने समस्याहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए । उनले सर्बप्रथम आफु सचेत भएर परिवार र समाजमा पनि सोहि ज्ञान बाडेर धेरैलाई लागू पदार्थ दुर्व्यसनीको सिकार हुनबाट जोगाउँदै लागु पदार्थ एवम् मद्यपान मुक्त समाजको स्थापना गर्न सकिने बताए ।

धरान ५ को न्यू होरिजोन सेन्टरका रमेश बान्तवा, घनश्याम थापा , स्वयम सेवकहरू सिधान्त श्रेष्ठ र साहिल मगरले सहजिकरण गरेका थिए । कार्यक्रममा १ सय ५० सहभागीहरू रहेका थिए । उक्त कार्यक्रम दुइ सत्र गरि लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बंदी सूचनात्मक, रोकथाम, लक्षणहरू र अन्तरक्रिया सत्र गरि आयोजना गरिएको थियो।

स्कुलका सह- प्राचार्य कुर्मित लेप्चा ( बान्तवा) ले सहभागीहरु धन्यवाद र वक्ताहरूलाई मायाको चिनो प्रदान गरिन। उक्त कार्यक्रम शिक्षक हेमराज गुरुङले सञ्चलन गरेका थिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले