Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

चतराधाममा पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ ।

चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुक्रवार वैशाख शुक्ल तृतीया समापन भएको हो ।

१२ वर्षपछि आयोजना भएको उक्त मेलाको समापन समारोहमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल प्रमुख अतिथि रहेका थिए । यसअघि मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन सञ्चालन भएको थियो।

मेलाको अन्तिम दिन शुक्रवार बिहान समापन महास्नान कौशिकी गङ्गामा गरिएको थियो । कौशिकी गङ्गामा भएको स्नानमा नेपाल राष्ट्रका प्रथम जगदगुरु बालसन्त मोहन शरणसँगै नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, नगर प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेल सहित जनप्रतिनिधिहरू, देश विदेशका सन्त महन्त लगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।

३२ दिनसम्म आयोजना भएको उक्त मेलामा ४० लाख भन्दा बढी देश विदेशबाट भक्तजनहरू आएको नगर प्रमुख एवम् बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष रमेश कार्कीले बताए । मेलामा अमेरिका, अष्टेलिया, वेलायात त्यस्तै भारत, भुटान लगायतबाट श्रद्धालु भक्तजनहरूको आगमन भएको उनले बताए । बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनहरूको आगमन हेर्दा चतराधाममा कुम्भमेला स्थापित भएको उनले बताए । उनले भने, ‘पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताए ।

मेलाको समापन समारोहमा मेला आयोजनामा सहयोग गर्ने मूल समारोह समितिका पदाधिकारीहरू, उपसमितिका संयोजक, सदस्यहरू, सुरक्षाकर्मी , स्वास्थ्यकर्मी , स्वयंसेवकहरू, सहयोगीहरू लगायतलाई सम्मान गरिएको थियो ।

अमृतको थोपा झरेको भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको यस पटक आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाले प्रमाणित गरिदिएको जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले बताए ।

राष्ट्रपतिले उद्घाटन गरेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्व उप-प्रधानमन्त्री बिजयकुमार गच्यदार, राजेन्द्र लिङ्देन, वर्तमान मन्त्री, पूर्व मन्त्रीहरू, प्रदेश प्रमुखहरू, मुख्यमन्त्री, पूर्वमुख्य मन्त्री, प्रदेशका मन्त्रीहरू, सांसदहरू, विभिन्न पालिकाका प्रमुख, उप-प्रमुख लगायतका देश विदेशका साधु, सन्त, महन्तहरूको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले