Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

सुनाखरी एकेडेमीमा बार्षिक पुरस्कार बितरण सम्पन्न

धरान: धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमिमा शुक्रवार बार्षिक पुरस्कार बितरण सम्पन्न भएको छ।

 २०८० सालको बार्षिक परीक्षामा नर्सरी देखि कक्षा-९ सम्म पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई मेडल, ट्रफी प्रदान गरिएको छ।

स्कुलका प्रीन्सिपल मिलन कुमार राईका अनुसार स्कुल  बाहिर भएका विभिन्न अतिरिक्त क्रीयकलापका साथै बर्षको उत्कृष्ट अनुशासित, समयनिष्ठ लगायतका बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ। स्कुलका निर्देसक प्रदिप राई, कोअर्डिनेटर टप कुमार राई,  कक्षा शिक्षकहरु लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरे।

यसैबिच स्कुलमा २०५४ साल देखि ०८० सम्म निरन्तर रुपमा कार्यरत शिक्षिका मामु लकान्द्रीलाई अवकास पश्चात् सम्मान गरिएको छ।

  कार्यक्रमका प्रमुख अतिथि धरान उप-महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले सुनाखारी एकेडेमिले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। बिद्यार्थीहरुले अधिकाम्स समय  घरमै बिताउने हुदा आफ्ना छोराछोरीलाई विशेष ध्यान पुर्याउन र बेला बेलामा स्कुलमा गएर नानिहरुको पढाईबारे जानकारी लिन प्रमुख अतिथि खतिवडाले अभिभावकहरुलाई आग्रह गरे।

 विशेष अतिथी धरान उप-महानगरपालिका वडा नम्बर -१२ का वडा अध्यक्ष टन्क बहादुर राईले आगामी दिनमा स्कुलको प्रगतिको कामना गरे। स्कुलका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको सार्बाङ्गिण बिकासका लागि अतिरिक्त क्रीयाकलापमा जोड दिएको बताए।

कार्यक्रमको संचालन शिक्षक दिनेस बराल, छात्राद्वय दिप्सा लिम्बू र रुबिना देबले गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।