देउराली चिल्ड्रेन एकेडेमिमा बाल क्लबका अध्यक्ष र हाउस क्याप्टेन चुन्न निर्वाचन
८ महिना अगाडि
धरान,२१ बैशाख :धरान-५ स्थित देउराली चिल्ड्रेन एकेडेमिले शुक्रबार निर्वाचन सम्पन्न गरेको छ।
देउराली चिल्ड्रेन एकेडेमी बाल क्लबका अध्यक्ष सहित १३ सदस्य समिती र हाउस क्याप्टेन र भाईस क्याप्टेन चुन्न निर्वाचन गरिएको स्कुलका कोअर्डिनेटर सुरेस राईले जानकारी दिनु भयो।
निर्वाचनमा मतदानका लागि दुई वटा बुथ राखिएको कोअर्डिनेटर राईले जानकारी दिनु भयो। जम्मा १ सय ६६ मतदाताहरु मध्ये १ सय ६१ मत खसेको निर्वाचन अधिकृत शिक्षक मोतीराम थापाले जानकारी दिनु भयो। कक्षा-५ देखि १० सम्मका बिद्यार्थीहरुले मतदानमा भाग लिएका थिए।
बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप्टेन लगायत छान्ने र मतदान प्रकृयाको बारेमा ब्यबहारिक ज्ञान दिने उद्वेश्यले निर्वाचन गराईएको स्कुलका प्रीन्सिपल नबिन गौतमले जानकारी दिनु भयो। निर्वाचन गरेर छानिएका बिद्यार्थीहरुलाई जिम्मेवारी दिदा लोकतन्त्रको अभ्यास हुने र बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान समेत सिक्ने स्कुलका निर्देसक पृथ्वी राई मगरले बताउनु भयो। निर्वाचनको अन्तिम नतिजा आईतबार प्रकाशन गरिने निर्वाचन अधिकृत थापाले जानकारी दिनु भयो।
आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले