Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

नमुना श्रुर्तीमार्ग टोल बिकास संस्थामा डाकमान राईको अध्यक्षतामा १३ समिती

रोहित कुलुङ राई

बैशाख, २१ : धरान उपमहानगरपालिका वाड न. १५ नमुना श्रुतीमार्ग टोल बिकास संस्थाको प्रथम साधरणसभा र अधिवेशन आज शुक्रबार सम्पन्न भएको छ।

अधिवेशन बाट पुन: अध्यक्षमा डाकमान राई, उपाध्यक्षमा शान्त राई, सचिवमा खेम शिवा, स- सचिवमा गंगा निरौला, कोषध्यक्षमा चम्पा श्रेष्ठ, सद्स्यहरु बिष्णु श्रेष्ठ, बसन्त पालुङ, गुडु राई, आनान्दी राई, मन्जु गुरुङ, धन बहादुर राई, प्रेम कुमारी देवान, गजेन्द्र राई सर्ब सहमत निर्वाचित भएका छन।

उक्त साधरणसभा तथा अधिवेशन कार्यक्रममा प्रमुख अतिथी धरान १५ का वडा अध्यक्ष नरेश ईवाराम, अतिथीहरु वडा सदस्य बादल भट्टराई, रचना नेपाली, नेपाली काँग्रेस १५ न. सभापती डम्बर गुरुङ, खत्रीधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गजेन्द्र दर्नाल, बम धारा खानेपानी सरसफाई उपभोक्ता समितीका उपाध्यक्ष टेक बहादुर लिम्बू, सुनौलो महिला बिकास समाजका अध्यक्ष दिल कुमारी राई, गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालका अध्यक्ष प्रेम कुमारी राई, जेष्ठ नागारिक उमेश चन्द्र भट्टराई, आरनीको टोल बिकास संस्थाका अध्यक्ष पुर्ण बहादुर गुरुङ, निराजन बस्ती कल्याण समाजका सचिव लोकराज निरौलाको उपस्थीती रहेको थियो।

सो कार्यक्रमामा बोल्दै अध्यक्ष नरेश ईवारामले टोल बिकास संस्था सरकारको सबभन्दा सानो तर महत्व पुर्ण निकाय हो, टोलमा रहेको सम्पुर्ण घर सद्स्य रहने जानकारी दिदै टोलमा रहेको बिकासको योजनाहरुलाई वडा कार्यलय सम्म पुर्‍याउने संस्था भएकोले नव निर्वाचित कार्य समितीलाई बधाई दिदै कार्यकालको शुभकामना दिनु भएको छ।

अधिवेशन बाट पुन: सर्ब सहमत अध्यक्ष भए पछि डाकमान राईले पहिलो २ बर्षे कार्यकालमा टोलको लागि सेवा गरेको अशक्त लाई खाद्मन्न सामाग्री चामल, दाल र तेल उपलब्ध गराएको, आर्थिक अबस्था कमजोर भएकालाई टुवाइलेट निर्माण गरीदिएको टोलबासीलाई जनचेतनाका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र वडा कार्यलयले टोलवासीको सिफारीस माग्दा सहजै उपलब्ध गराएको जानकारी गराउदै आउने दिनमा टोलवासीको समस्याहरुलाई स्थानीय सरकार सम्म पुर्‍याउने बताउनु भएको छ।

अधिवेशन आयोजक समितीका कोषध्याक्ष कबिता राईले बार्षिक आय व्यय पस्तुत गरेका थिईन। आय १ लाख ४४ हजार ६ सय, कार्य समिती बाट सहयोग देउसी भैलो बाट रकम संकलन र केही बजेट वडा कार्यलयबाट प्राप्त भएको उल्लेख छ। व्यय १ लाख १० हजार १ सय अहिले बचत ३४ हजार ५ सय रहेको उक्त रकम असाय लाई खाद्मन्न सामाग्री उपलब्ध गराएको, आर्थिक अबस्था कमजोर भएकालाई टुवाईलेट निर्माण गरिदिएको जनचेतना मुलक कार्यक्रममा खर्च भएको प्रतिबेदनमा जनाएको छ। संस्थाको साँगाठानिक तथा प्रगती बिबरण सचिव राजेन्द्र दर्नालले प्रस्तुत गरेका थिए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले