Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशक पुरानो विरासत जोगाएको छ । 

मंगलबार विहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

खडका २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर पराजित भएका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेका छन् ।

‘जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु ,’ जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने,‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
एमालेको यो निर्णयलाई धेरैले परिवारवादको आरोप पनि लगाएका थिए । एमालेका नेता कार्यकर्ताहरुको चरम असन्तुष्टीलाई चिर्दै एमालेले निर्णय नफेर्ने अडान लिएको थियो ।

उम्मेदवारी दर्ता पछि सुहाङको पक्षमा जनाधार सिर्जना गर्न एमाले अध्यक्षसहितका दर्जनौ नेता पटक पटक इलाम आएका थिए । जसले एमालेभित्रको असन्तुष्टी मेट्न सहयोग गर्‍यो । ‘पार्टीको निर्णयलाई लागू गर्न हामी एक ढिक्का भएर लाग्यो र आज यो नतिजा हात लाग्यो’, एमालेका जिल्ला नेता उमेश गुरुङले भने ।

अन्तिम परिणाम अनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्र सिं थेगिम । विगतमा शिक्षक रहेका उनी पछिल्लो समय प्रदेश नम्वर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् । एमाले–कांग्रेस जस्ता मूलधारका राजनीतिक शक्तिबीबाट एकाएक नयाँ शक्तिको रुपमा उदाएका पहिचान पक्षका स्वतन्त्र उम्मेद्धार थेगिम भन्छन्,‘मैले प्राप्त गरेको मत धेरै अर्थपूर्ण छ । पहिचानप्रति जनताले मलाई दिएको विश्वासको मतको रुपमा मैले लिएको छु ।’ उनले ११ हजार ४५७ मत पाएका छन ।

नयाँ दल राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बुले ५ हजार ५० मत पाएर चौथो स्थान भएको छ। ईलाम – २ उपनिर्वाचनमा रास्वपाको उम्मेद्वारलाई अर्थपुर्ण र चासोको साथ हेरिएको थियो।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद