Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

मिस्टर धरानको २२ औँ संस्करण, असोज १९ गते बडी बिल्डर प्रतियोगिता हुने

धरानको सर्वोकृष्ट शारीरिक सुगठकलाई प्रदान गरिने ‘मिस्टर धरान’ उपाधिका लागि असोज १९ गते मिस्टर धरानको २२ औँ संस्करणको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता हाम्रो व्यायामशालाले आयोजना गर्ने भएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा हाम्रो व्यायामशालाका सञ्चालक अध्यक्ष समिन कला राईले प्रतियोगिता व्यायामशालाको २२ संस्करण हुने जानकारी दिएकी हुन् ।

प्रतियोगिता धरान नगर स्तरीय खुल्ला ‘मिस्टर धरान’ शारीरिक सुगठन प्रतियोगिता हुने उनले बताइन् । धरान-८ स्थित सभागृहमा प्रतियोगिताको मूल नारा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ रहने छ ।

प्रतियोगितामा धरान भरिका बडी बिल्डरहरूले सहभागिता जनाउने जनाइएको छ । प्रतियोगितामा सहभागीबाट पहिलो चरणमा प्री-जजिङ गरी दोस्रो चरणको फाइनल प्रतियोगितामा २० जना सहभागी गराइनेछ ।

प्रतियोगिता ४ तौल समूह ५५ केजी,६० केजी, ६५ केजी र ७० केजीमा गराइने अध्यक्ष राईले बताइन् । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र ‘मिस्टर धरान’को उपाधि ट्रफी, मेडल प्राप्त गर्नेछ ।

दोस्रोलाई नगद ७५ हजार, तेस्रोले नगद ३५ हजार, चौथोले २५ हजार रुपैयाँ सहित मेडल र प्रमाण-पत्र प्रदान गरिने छ । प्रतियोगिताको व्यक्तिगत विधा वेस्ट पोजर, मस्ट मस्कुलरले नगद १० हजारको दर पुरस्कार प्रदान गरिने छ ।

हरेक तौल समूहका विजेताले ओभरअल राउन्डमा प्रवेश गर्दै उपाधिका लागि भिडन्त गर्न पाउनेछन् । प्रतियोगिताको बिचमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

मिस्टर धरान प्रतियोगिता २ वर्ष पछि आयोजना गरिएको हो । अघिल्लो वर्ष २१ औँ मिस्टर धरान आशिष राई घोषित भएका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक