Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

सुनाखरी एकेडेमीमा कक्षा-१२ लाई बिदाई

धरान: धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमीबाट कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्ड(एन.ई.बि.) ले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ।

  धरान-१२ चतरालाईनमै रहेको गोरखा होटलमा एक कार्यक्रमको आयोजना गरि कक्षा-१२ लाई बिदाई गरिएको हो।

स्कुलका प्रीन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, स्कुलका निर्देशक प्रदिप राई लगायतले मायाको चिनो प्रदान गरि खदा र अबिर लगाई कक्षा-१२ लाई बिदाई गरे। राईले मेहनतका साथ पढी राम्रो नतिजा ल्याउन बिद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरे।

यसैगरी कोअर्डिनेटर टप कुमार राईले एन.ई.बि. लिने बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएर स्कुलको नाम उच्च राख्न बिद्यार्थीहरुलाई शुभकामना दिए।

कार्यक्रममा बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रीन्सिपल दिलिप योगि, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रीन्सिपल अरुण राई लगायतको उपस्थिति थियो।

बिदाई कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य र गीत प्रस्तुत गरि मनोरञ्जन दिलाए। एन.ई.बि.ले लिने कक्षा-१२ को बार्षिक परीक्षा आगामी बैशाख -१४ गतेबाट सुरु हुँदै छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।