Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

सियोन स्कुलको अभिभावक दिवस, पुरस्कार बितरण तथा दीक्षान्त समारोह


धरान: धरान-१६ जोरसखुवा स्थित सियोन स्कुलको अभिभावक दिवस, पुरस्कार बितरण तथा दिक्षान्त समारोह बुधबार सम्पन्न भएको छ।

   स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा शसस्त्र प्रहरी पुर्बिहेड्क्वाटर १ नम्बर बाहिनी पकलीका डिआईजी अन्जनी पोख्रेल प्रमुख अतिथि थिए। बार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने कक्षा-८ र १० बाहेक प्ले ग्रुपदेखी कक्षा-९ सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो।

  कार्यक्रमका प्रमुख अतिथि डिआईजी पोख्रेल, स्कुलका प्रीन्सिपल/डाईरेक्टर खड्ग बहादुर थापा मगर, विशेष अतिथि राष्ट्रिय अनुसन्धानका डिआईजी किशोर श्रेष्ठ  लगायतले पुरस्कृत बिद्यार्थीहरुलाई  मेडल र प्रमाणपत्र बितरण गरे।त्यस्तै एसकेजी का ५० जना बिद्यार्थीहरुलाई दिक्षित गरिएको थियो।

  सियोन  स्कुलका बिद्यार्थीहरुले देखाएको प्रतिभाको प्रसङ्सा गर्दै आउने दिनमा अझ प्रगती गर्दै जान प्रमुख अतिथि डिआइजी पोख्रेलले शुभकामना दिए।

  स्कुलका डाईरेक्टर  थापा मगरले नया शैक्षिक शत्रबाट चाईनिज भाषाको पढाई हुने बताउदै आगामी दिनमा हरेक अतिरिक्त क्रीयाकलापको प्रशिक्षक राखिने बताए। डाईरेक्टर थापा मगरले आउने दिनमा पढाईको गुणस्तरमा अझ सुधार गर्दै लाने समेत  प्रतिबद्धता ब्यक्त गरे। 

  स्कुलका भाईस प्रीन्सिपल राकेश चौधरीले सियोन स्कुलमा दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरु भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाकी नराख्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकॠषि राई, शसस्त्र प्रहरी गण फुस्रेका डिएसपी दिनेस बस्नेत, द्कुलका फाईनान्स अफिसर एल्कन मगर लगायतको उपस्थिति थियो।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकलाई मनोरञ्जन गराए। कार्यक्रममा अभिभावकहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा