Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

पब्लिक हाईस्कुलको नतिजा प्राकाशन, छात्रवृत्ति बितरण तथा दिक्षान्त समारोह

    धरान: धरान-१२ चतरालाईन स्थित पब्लिक हाईस्कुलले आईतवार बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

    कक्षा-८ बाहेक  नर्सरी देखि कक्षा-९ सम्मका बिद्यार्थीहरुलाई बार्षिक परीक्षाको नतिजा बितरण गरिएको स्कुलका इन्चार्ज बिरेन्द्र बहादुर शाहले जानकारी दिए।परीक्षामा पहिलो,दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुलाई विभिन्न दाताहरुले स्थापना गरेको छात्रवृत्ति प्रदान गरिएको बिद्यालयले जनाएको छ। 

 बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की, प्रधानाध्यापक डा.इन्द्रमोहन झा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, सहायक प्र.अ. लेखनाथ भट्टराई लगायतले बिद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ति बितरण गरेका थिए।

यसैबिच पुर्ब प्राथमिक तह(युकेजी) सम्मको पढाइ पूरा गरेका बिद्यार्थीहरुलाई बिद्यालयले दिक्षित गरेको छ।

बिद्यालयका प्रधानाध्यापक डा.झाले अभिभावकहरुलाई आगामी नया शैक्षिक शत्र २०८१ को बारेमा पुर्णरुपमा जानकारी दिए। प्रायजसो विभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहने पब्लिक हाईस्कुल कोशी प्रदेसकै नमुना बिद्यालयको रुपमा परिचित रहेको छ।

बर्षैभरी नेपालका विभिन्न भागका बिद्यालयहरुले शैक्षिक भ्रमणमा आउदा पब्लिक हाईस्कुलको भ्रमण गर्ने गरेका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।