Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

दमकको राफे रेस्टुरेन्टमा स्थानीय युवाको आक्रमण, कहिले सम्म असुरक्षित हुने व्यवसायीहरू ?

इटहरी : गत शुक्रबार झापाको दमक ६ स्थित मूख्य बजार छेउको राफे रेस्टुरेन्ट एन्डमा केही आपराधिक समूहले आक्रमणको प्रयास गर्यो। राति ११:३० बजे उक्त रेस्टुरेन्टमा अनाधिकृत व्यक्तिको प्रवेश भयो र उनीहरूले होहल्ला तथा रेस्टुरेन्ट तोडफोडको प्रयास गरेको रेस्टुरेन्ट स्रोतले जनाएको छ।

अत्यधिक मदिराको सेवन गरि ढुंगाले हानेर रेस्टुरेन्टको झ्याल फुटाएपछि रेस्टुरेन्टका सञ्चालक मिलन तामाङले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिए। त्यसरात घटना गराउनेहरूमा दमक ८ का ३४ वर्षीय सुमन शाही, सोही ठाउँमाका २५ वर्षीय राजु राई र दमक ७ का २५ वर्षीय मोहम्मद आरिफ रहेको उजुरीमा उल्लेख छ।

‘उल्लेखित व्यक्तिहरूले रेस्टुरेन्ट बन्द गर्ने बेलामा जबर्जस्ती प्रवेश गरेको, सुरक्षाका लागि सेक्युरिटी गार्डलाई समेत अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्दै रेस्टुरेन्ट पसेका हुन्। उनीहरूले आफ्नो साथमा धारिलो हतियारसमेत लुकाइछिपाइ पसेको र भित्र पसेर माहोललाई आतंकित पार्दै काउन्टरतर्फ गई डकैती गर्ने प्रयास गरेका थिए। उनीहरूले रेस्टुरेन्टमा प्रवेश गरेर गरेको तोडफोड, ग्राहकले पार्किङ गरेर राखेका ८ थान मोटरसाइकलमा गरिएको तोडफोड गरि जम्मा ५ लाख ६० हजारको क्षति पुर्याएकोले कानुनअनुसार कारबाही गरिपाऊ’, प्रहरीसामु दिएको निवेदनमा उल्लेख छ।

निवेदनपछि आरोपी तीनैजनालाई पक्राउ गरि अदालतमा पेश गर्ने तयारी गरिरहेको इप्रका दमकले जनाएको छ। प्रहरीले घटनाबारे थप छानबिन गरिरहेको छ।

यस् घटनाका सन्दर्भमा सार्वजनिक भएको सिसिटिभी फुटेज भिडियोका अनुसार मदिरा पेयर लठ्ठ भएका एक युवाले काउन्टरमा गएर केही भनाभन गरेको दृश्य देखिन्छ। त्यसपछि उनका साथीले बाहिर जाऔं भन्छन् तर उनी भने त्यहीँ लफडा गर्न खोजिरहेको देख्न सकिन्छ।

उनको हर्कत बढी भएपछि रेस्टुरेन्टका बाउन्सरले उनलाई त्यहाँबाट बाहिर पठाउन खोज्छन् तर, ती युवा बाउन्सरमाथि नै आइलाग्छन्।

त्यतिमात्र होइन, उनले त्यसपछि ग्राहकले पार्किङ गरेर राखेको मोटरसाइकल नै फुटाएको दृश्य सिसिटिभीमा फुटेजमा छ।

त्यसअघि रेस्टुरेन्टभित्रै बियरका बोतलहरूले विभिन्न उपकरण तथा सामाग्रीहरू तोडफोड गरेर बाहिर आएका ती युवाले रेस्टुरेन्टको झ्यालको सिसामा ढुंगाले हान्छन् र त्यो सिसा फुट्छ।

दमकमा यसखाले गतिविधि पछिल्लो समय बढ्दो अवस्थामा देखिन्छ। यसअघि पनि दमककै स्याडोज रेस्टुरेन्टमा यस्तै लफडा भइरहेका थिए। त्यसपछि उक्त रेस्टुरेन्ट नै बन्द भएको छ। यस्तै लफडाका कारण दमकमा अरू थुप्रै रेस्टुरेन्टहरू बन्दसमेत भइसकेका छन्।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा