Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

प्रेस युनियन सुनसरीको आयोजनामा अन्तक्रिया कार्यक्रम

सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पत्रकार महासंघका केन्द्रीय सद्स्य अमर खड्काले “लोकतन्त्रमा सन्चार माध्यमको भुमिका” बिषयमा प्रस्तुत गर्नुभएको कार्य पत्र माथि आफ्नो भनाई राख्दै कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय उपसभापती धनराज गुरुङ्गले नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका वडा सदस्य देखि प्रधानमन्त्री सम्मले जनताले प्रश्न नउठाउने गरि काम गरेको खण्डमा मात्र काङग्रेस बलियो हुने र काङगे्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भने “केन्द्रिय सत्ता समिकरण फेर बदल हुदैमा कोसी प्रदेश सरकारलाई केही असर नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाग्मतीमा स्याल कराउदा कोसीमा स्याल कराउदैन यहाँ अर्ना कराउन सक्छ ।” कोसी प्रदेश सरकारले अहिले मध्यावधिक निर्वाचन नगर्ने बताउनुहुदै विश्वासको मत समेत २ बर्ष सम्म नलिने मुख्यमन्त्री कार्कीले दाबी गर्नुभयो । वर्तमान कोसी सरकार कुनै पनि हालतमा नढल्ने बताउनुहुदै मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेख भए अनुसार अगाडि बढनेमा ढुक्क हुनका लागि सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङग्रेका केन्द्रिय सदस्य राजिव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चार माध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा बौद्धिक अपराधि र बौद्धिक अराजकता बिरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्नेमा उल्लेख गर्नुभयो ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अन्तरकृया कार्यक्रममा बोल्दै सन्चार क्षेत्र र लोकतन्त्र एक अर्कामा परिपुरक हो, सन्चार कर्मीको अधिकारको लागि आन्दोलनमै रहेको बताउनु भयो।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तारानाथ दाहाल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य हेमराज दाहाल, दिवस पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो र कार्यक्रम सन्चालन सचिव बाबुराम कार्कीले गरेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद