२४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाईनल फुटबल खेल प्रतियोगिताको च्याम्पियन काठमाडौको न्युरोड क्लब( एन आर टी )बनेको छ ।
धरान रंगशालमा आज शनिबार भएको फाइनल खेलमा साङग्रिला मोरङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो । यो भन्दा अगाडि एनआरटी १० औ सँस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्यो।
निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावाले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अफिजले रोशन रानाको पासमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको यस्तै ४४ औ मिनेटमा उमेश कार्कीले गोल गर्दै पहिलो हाफ सकिदा सम्म मोरङ्ले खेललाई बराबरिमा ल्याएको थियो । खेलको ५१ औ मिनेटमा एनआरटी का सरोज तामाङले गोल गर्दै ईतिहास रच्ने दाउमा रहेको मोरङलाई स्तब्ध बनायो ।
खेलको सर्बोकृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित हुँदै नगद १ लाख रुपैया हात पारे । हाइस्कोर एनआरटी ओफिज ओलावाले र सरोज तामाङसंगै मोरङका उमेश कार्की घोषित हुँदै नगद ३५ हजार रुपैया प्राप्त गरेका थिए ! यस्तै, बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्टाइकर एनआरटीका शिशीर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट गोल किपर एनआरटीका पुजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही नगद २५/२५ हजार प्राप्त गरे ।
खेलको म्यानअफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार पाए धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखी सुरु भएको प्रतियोगितामा शहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च बोइजसहित ८ टिमको सहभागिता रहेको थियो ।