Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

इलाका प्रहरी कार्यलय इटहरीले दर्ता गर्न मानेनन् पत्रकार दुर्व्यवहार मुद्दा

बिहीबार इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले पत्रकार कृष्ण भट्टराई माथी गरेको दुर्व्यवहार मुद्दा इलाका प्रहरी कार्यालयले दर्ता लिन मानेन ।

पत्रकार भट्टराईले घटना भएको एक घण्टा भित्र निवेदन लिएर इलाका प्रहरी कार्यालय पुग्दा समेत प्रहरीले दर्ता गर्न नमानेको हो । इटहरी उपमहानगरपालिकाको गेटमा सफारी चालकहरूको आन्दोलनको भिडियो रेकर्ड गरिरहेका उनलाई नगर प्रहरीले मोबाइल खोसेको थियो । नगर प्रहरीले धकेलेर भट्टराई माथि अभद्र व्यवहार गरेको र पत्रकार भनेर परिचय दिँदा समेत को पत्रकार भन्दै असभ्य व्यवहार देखाएको भट्टराईले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

घटनाको प्रमाण नष्ट हुन नपाउँदै जाहेरी दिन गएका पत्रकार भट्टराईको जाहेरी लिन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टेक बहादुर कार्कीले आनाकानी गरेका छन् । शुक्रवार पत्रकार महासङ्घको टोलीले गएर ध्यानाकर्षण गराउँदा समेत उनले समय लाग्ने भन्दै अल्झाउने प्रयास गरेका हुन् ।

कार्कीले घटनालाई सामान्य रूपमा लिएर अनुसन्धानपछि मात्र दर्ता गर्ने जवाफ दिएका छन् । पत्रकार महासङ्घले आइतबार १२ बजेसम्म मुद्दा दर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले