Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

विपिको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीको पुनर्बहाली

फागुन १६ गते बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि आज बिहिबार डा. ज्ञानेन्द्र गिरीले पदवहाली गरेका छन। डा. गिरी प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए ।

पदवहाली गरेपछि डा.गिरीले अदालतबाट न्याय पाएको र आफुले पनि सबैलाई न्याय गर्ने बताए । शिक्षक, कर्मचारीहरुको अन्तर्वार्ता नरोक्ने भन्दै उनले आफैले शुरु गरेको बढुवा प्रक्रिया अन्त्य गर्न पनि आफुले पाउदा खुशी लागेको प्रतिक्रिया दिए ।

विगतमा भएको घटनाहरुलाई बिर्सेर अघि बढ्न आग्रह गर्दै डा.गिरीले रोडम्याप बनाएर प्रतिष्ठानको सर्वाङगिण हितमा लाग्ने पनि प्रतिवद्धता जनाए । आफुसँग वदलाको भावना नरहेको भन्दै उनले पदाधिकारीहरु एक ढिक्का भएर काम गर्ने बताए । साथै उनले पदाधिकारीसँगै प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुको पनि साथ, सहयोग आवश्यक हुने बताए । 

उपकुलपतिमा नियुक्त भएका डा.गिरी प्राध्यापक नभएपनि प्राध्यापक पद लेख्ने गरेका थिए । उनले नपाएको ओहदा पाएको भनेर दुरुपयोग गरि भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्रोफेसर पद प्राप्त गरेको नदेखिए पनि ओहदा लेखेर दुरुपयोग गरेको र उक्त कार्य भ्रष्टचार निवारण ऐनको दफा १५ वमोजिम कसुर गरेकोले मुद्दा दायर गरेको अख्तियारको भनाई थियो ।

डा.गिरीले अदालतबाट सफाई पाएसँगै करिब ८ महिनादेखि प्रतिष्ठानको कायममुकायम उपकुलपतिकोरुपमा कार्यरत प्रा.डा.प्रह्लाद कार्की स्वतः विदा भएका छन् । उनले पनि बिहिबार विज्ञप्ती जारी गर्दै का.मु.उपकुलपतिको जिम्मेवारी दिने स्वास्थ्यमन्त्रीलाई आभार व्यक्त गरेका छन् भने सहयोग गर्ने प्रतिष्ठान परिवार, नागरिक समाज, राजनैतिक दल, सरोकारवाला सबैलाई धन्यवाद पनि दिएका छन्।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका