Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized धरान विशेष

हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पुजा र बिज्ञान प्रदर्शनीj

कोले न्युज: धरान-१५ श्यामचोक स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले बुधबार बिद्याकी देवि सरस्वतीको पुजा भब्य रुपमा सम्पन्न गर्नुका साथै बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका छन।

स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको डाईरेक्टर गंगाराम कुलुङ्ले जानकारी दिनु भयो।

बिद्यालय नगएका बालबालिकालाई आज(सरस्वती पुजा) को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ। साथै कुनै पनि नयाँ कामको थालनी गर्न पनि आजको दिन अत्यन्तै राम्रो साईत मानिन्छ।

आजै नयाँ बालबालिकाहरुलाई अक्षर शुभारम्भ गराएको डाईरेक्टर कुलुङ्ले जानकारी दिनुभयो। सरस्वती पुजाकै अवसरमा बिद्यार्थीहरुले सामाजिक तथा बिज्ञान प्रदर्शनी समेत गरेको स्कुलले जनाएको छ।

सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । तर यो बर्ष भने वसन्त पन्चमी(सरस्वती पुजा) फाल्गुण -२ गते परेको छ। यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास रहि आएको छ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्दछन।

कसरी उत्पन्न भइन् सरस्वती माता ?
यस्तो मानिन्छ कि, सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।

त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीको प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आव्हान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आव्हान गरे ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।