Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

टेस्टी टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपको उपाधी धरान वाड न. १३ लाई

कोले न्युज: धरानमा सम्पन्न टेस्टि टेस्टी नुडल्स २४ औ गोधुली रनिङ कपको फाइनल खेलमा धरान १३ न. वडा बिजय भएको छ।

माघ २७ गते शनिबार सम्पन्न फाईनल खेलमा वडा न १३ ले वडा न १७ लाई ट्राइब्रेकरमा ५–३ गोलले हराउदै उपाधी हात पारेको हो । गोधुली कपमा जम्मा १८ टिम सहभागिता रहेको थियो।

धरान १६ स्थित धरान रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु भएको फाईनल खेलेमा वडा १७ लाई वडा न १३ ले निर्धारित समयमा खेल बराबरीमा सकिएपछि ट्राइब्रेकरमा वडा नं १३ ले ५–३ गोल अन्तरले बिजय भएको छ। यो उपाधि धरान १३ का क्याप्टे निश्चल श्रेष्ठको लागी जन्मदिनको उपहार समेत साबित भएको छ । श्रेष्ठले आफनो जन्मदिनमा नै उत्कृष्ट खेल प्रर्दश्न गर्दे धरान १३ लाई दोश्रो पटक उपाधि दिलाउन सफल भएको हो । श्रेष्ठ खेलको उत्कृष्ट डिफेन्टर समेत घोषीत भएका थिए ।

निर्धारित ८० मिनेटको समयको खेलमा दुबैतर्फ १–१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट निर्णय लिएको थियोे । ८० मिनेटको निर्धारित खेलमा पहिलो हाफको ३४ औ मिनेटमा वडा १३ का जर्सी न २८ का दोर्जे तामाङले खेलको ३४ औ मिनेटमा १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा वडा १७ का जर्सी नं १२ का मिलन राईले गोल गर्दै खेल बराबरी बनाएका थिए । दोस्रो हाफमा भने दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा वडा १३ का जर्सी नं २८ का दोर्जे तामाङ, जर्सी नं ६ का विवेक राई, जर्सी नं १४ का इक्साहाङ लिम्बु, जर्सी नं १२ का निशान श्रेष्ठ र जर्सी नं ७ का मिलन लिम्बुको प्रहार गोलमा परिणत भएको थियो भने वडा नं १७ का जर्सी नं ३२ का युनेश बुढाथोकी, जर्सी नं १२ का मिलन राई र जर्सी नं ८ का सविन राईको प्रहार गोलमा परिणत भएको थियो भने जर्सी नं १५ का सौजन राईको प्रहार बाहिरिएको थियो ।

च्याम्पियन बनेको वडा १३ ले आयोजकबाट १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाएको छ । यस्तै, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को बुबाबाट विजेता र उपविजेताले थप २५ र २५ हजार पुरस्कार राशी पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा १७ का प्रज्वल थापा घोषित भए भने हाइस्कोरर वडा १३ का मिलन लिम्बु भए । उनले ५ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच वडा १३ का दोर्जे तामाङ, वेष्ट गोलकिपर वडा १३ का मिलन घिमिरे, वेष्ट डिफेन्स वडा १३ का निश्चल श्रेष्ठ, वेष्ट मिडफिल्डर वडा १७ का दिवस सुनुवार, वेष्ट स्ट्राइकर वडा १७ का तपन कार्की, वेष्ट कोच वडा १३ का सिजन राई घोषित भए ।

फेयर प्ले टिमको पुरस्कार वडा १४ ले पाउदा राइजिङ प्लेयरको पुरस्कार वडा १३ का मिलन लिम्बुले हात पारे । विजेता, उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं मेयर हर्क साम्पाङ, निवर्तमान मेयर तिलक राई, एन्फा प्रदेश अध्यक्ष किशोर राई, एन्फा जिल्ला अध्यक्ष नविन राई, सुनसरी जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक