Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

फेसबुकमा लेखिएका कुराका आधारमा सङ्घीयताको विषयमा बहस नगरौ-मुख्यमन्त्री कार्की

कोले न्युज: केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्रजातान्त्रिक विचार समाजको दोस्रो कोशी प्रदेश अधिवेशन तथा विचार गोष्ठीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

प्रजातान्त्रीक विचार समाजका प्रदेश अध्यक्ष जीवन राईको अध्यक्षतामा प्रदेश अधिवेशन तथा विचार गोष्ठी उद्वाटन कार्यक्रम भएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार कोशी प्रदेशमा विकाशको ‘नयाँ मोडल’ स्थापित गर्ने दिशामा लागेको बताए। उनले भने ‘पहुँचवालाको घर अघिबाट ड्रेन र पिच बनाउने, समुदायको लागि मन्दिर बनाई दिने, भवन बनाई दिने जस्ता चुनावमा भोट जम्मा गर्ने टुक्रे योजनाहरूमा अब लगानी हुन्न।’

१० कक्षा पास गरेपछि पैसा खर्च गर्न नसक्नले पढ्नै नपाउने अवस्था छ । मुख्यमन्त्रीले भने ‘प्रदेश सरकार पढ्न पैसा खर्च गर्न नसक्ने गरिब, सीमान्तकृतका बालबालिकाहरूलाई डाक्टर, इन्जिनियर, कृषि विज्ञ बनाउने अभियानमा लागेको छ ।’

मुख्यमन्त्री कार्कीले फेसबुकमा लेखिएका कुराका आधारमा पार्टीका नेताहरूले सङ्घीयतालाई बहसको विषय बनाउन नहुने बताए । उनले मन्तव्यको क्रममा काँग्रेसका पदाधिकारीले प्रकट गरेको सङ्घीयता प्रतिको संशय सतही भएको बताए ।

प्रदेश सरकारको वार्ता समिति र संयुक्त सङ्घर्ष समितिको वार्ता टोली बिच लिखित ५ बुँदे सहमति भएको बताउदै अब कोशी लेख्न डराउनु नपर्ने र प्रदेश सांसदहरु गाउँ जान सक्ने वातावरण भएको बताए।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सभापति कुलचन्द्र वाग्लेले सङ्घीयता मुलुक र जनताको आवश्यकताको रूपमा आएको बताउँदै भने ‘कसैले नचाहँदैमा सङ्घीय व्यवस्था कमजोर हुँदैन ।’ उनले सङ्घीयता अघिको विकासका कुरा र प्रशासनिक खर्चको कुरालाई तुलना गर्दै सङ्घीय शासनमा हुने खर्च राजाको शासन भन्दा कम भएको बताउँदै सङ्घीयता आएपछि भएका विकास हिजोको कुरा तुलना नै नहुने जिकिर गरे ।

उद्घाटन समारोहमा केन्द्रीय उपाध्यक्ष गोकर्ण अर्याल, पूर्व केन्द्रीय सभापति नरसिंह केसी, पूर्व प्रदेश १ प्रमुख प्रा डा.गोविन्द तुम्बाहाङ, काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, समाजका कोशी प्रदेश सभापति डा. जीवनकुमार राईले आ-आफ्ना विचार प्रकट गरेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद