Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

नेविसंघ सुनसरीले खुल्ला शङ्ख ध्वनी प्रतियोगिता गरेको छ

कोले न्युज: नेपाल विद्मार्थी संघ सुनसरीको आयोजना र पिण्डेश्वरी क्याम्पस नेविसंघ इकाईको व्यबस्थापनमा खुल्ला शङ्ख ध्वनी (शङ्ख बजाउने) प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा प्रथम दधिराम खनाल, द्वितीय महेश दाहाल तृतीय सरोज पौडेल भएका छन। प्रथम पुरस्कार ५ हजार नगद, दोस्रो पुरस्कार ३ हजार नगद र तृतिय पुरस्कार २ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन। प्रतियोगितामा ३० जनाको सहभागीता रहेको थियो।
प्रतियोगितात्मक कार्यक्रमको निर्णायकमा प्रध्यापक माधव घिमिरे, प्रध्यापक दिपक पराजुली र प्रध्यापक अम्बर ढकाल रहनु भएको थियो।

पिण्डेश्वर क्यम्पसको सभा हलमा भएको उक्त कार्यक्रम नेबिसंघ सुनसरी जिल्ला सभापती प्रमोद भट्टराईको अध्यक्षतामा भएको थियो। शङ्खा ध्वनी प्रतियोगिता पहिलो पटक भएको दाबी गर्दै धार्मिक हिसाबले मात्र हैन वैज्ञानिक अनुसन्धान बाट पनि शङ्खाको ध्वनीले नकरात्मक सोचलाई परास्त गर्ने र सकरात्मक सोचलाई उत्पादन गर्ने, शङ्ख ध्वनी सनातन धर्ममा अत्यान्त ठूलो महत्व छ, शास्त्रमा दुई रत्नहरु मध्ये एक रत्न शङ्खा भएको प्रमुख अतिथी उमेश थापाले बताए।

नेविसंघबाट नयाँ कार्यको थालानी भएको छ, यस्ता कार्यक्रमहरु क्याम्पस स्तरीय गर्न सुझाव दिदै पिण्डेश्वर क्याम्पसका विद्मार्थीहरुले साकेला नाच्न पनि सिक्नु पर्छ र अन्य क्याम्पसका विद्मार्थीहरुलाई शङ्खा बजाउन सिकाउन पर्छ, समाबेसीता यसरी हुने नपीली काँग्रेस धरान नगर सभापती श्याम पोखरेलले बताएका छन।

दैनिक शङ्खा बजाउनाले फोक्सो स्वास्थ्य रहने र स्वाशप्रस्वासको रोग नलाग्ने यसको ध्वनिले सकरात्मक उर्जा दिने भएकोले शङ्खाको ध्वनिबाट अमृत प्राप्त गर्न सकिने पिण्डेश्वर क्याम्पसका प्राचार्य प्रध्यापक काशीनाथ पौडेलले जानकारी गराएका छन।

उक्त कार्यक्रमामा सह प्राचार्य प्रध्यापक डा. भवानी भट्टराई, नेविसंघ केन्द्रीय सद्स्य संगीता बाहिङ राई, धरान- १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, प्रेस युनियन सुनसरीका कोषध्यक्ष मात्रीका प्रसाद नेपाल, महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ नेता विनोद आले मगर र पिण्डेश्वर क्याम्पसका स्ववियु सभापती एनिस रेग्मीको उपस्थीती रहेको थियो। कार्यक्रम संचालन पिण्डेश्वर क्याम्पसका नेविसंघ सभापती प्रबेस पौडेलले गरेका थिए।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा