Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

प्रतिष्ठानका का.मु.उपकुलपती कार्कीद्वारा विद्मार्थीहरुलाई बिरोधको कार्यक्रम फिर्ता लिन अपिल

बिपि प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीहरुको लामो समय देखि आन्तारिक बढुवा रोकिएको बिषयलाई लिएर आदोलनको कारण पठनपाठन नभए पछि विद्मार्थीहरु केही दिन देखि आन्दोलनमा छन।

अन्दोलनरत विद्मार्थीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्दै का.मु . उपकुलपती प्रा. डा. प्रल्हाद कार्कीले आज एक विज्ञप्ती जारी गर्दै अपिल गरेका छन। अपिलमा भनिएको छ प्रतिष्ठानको बर्तमान अबस्था प्रती हामी सबै गम्भीर र दुखित छौ। २०७९/०९/२० गते प्रकाशित शिक्षक, कर्मचारीको आन्तरीक बढुवा प्रकृया सम्बन्धमा उठेको सवालहरुको बैधानिक निकास निकाल्न संन्चालक परिषदमा प्रस्तावको रुपमा लगि प्रतिष्ठानको नियमको अंश बनाएर बढुवा प्रकृया सुचारु गर्ने पटक पटकको हाम्रो प्रतिदद्वता र असल नियत प्रतिष्ठान परिवारलाई सम्झाउने हाम्रो प्रयास जारी छ यद्मापी उक्त बिषय हाल सम्मानित उच्च अदालतमा बिचारधिन रहेको हुदा सम्मानित अदालतको आदेश नै सम्पुर्ण प्रतिष्ठान परिवारलाई बाध्यकारी मार्ग निर्देशन हुनेछ।

प्रतिष्ठान विगत केही समय देखि विद्मार्थीहरुको पठनपाठन सुचारु हुन नसक्नु दुर्भाग्यपुर्ण हो र तत्काल पठनपाठान सुचारु होस भनी हामी प्रतिष्ठानका आम शिक्षकहरुलाई निरन्तर अनुरोध गरीरहेका छौ। कुनै पनि समस्याको समधान बार्ताकै माध्यम बाट हुने यथार्थमा शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाज संग निरन्तर औपचारिक संवाद भैरहेको र यथशिघ्र पठानपाठन सुचारु गर्ने वातावरण बनाउन हामी प्रयासरत छौ भनी अपिल पत्रमा अनुरोध गरेका छन।

प्रतिष्ठानका शिक्षक कर्मचारीको बढुवा लगाएतका महत्वपुर्ण बिषयहरुमा निर्णय गर्न आगामी माघ २९ गते संचालक परिषदको बैठक आव्हन भै सकेको अवस्थामा पठनपाठन सुचारु गरिदिन सम्पुर्ण शिक्षक वर्गमा अपिल पत्र मार्फत अनुरोध गरेका छन।

पठनपाठन सुचारु नभएको प्रती दुख व्यक्त गर्दै हालको विषम परिस्थीतीको बैधानिक समधान खोज्न र विद्मार्थीको पढन पाउने अधिकार सुनिश्चित गर्न प्रतिष्ठान व्यावस्थापन लागि परेको हुदा आफ्ना बिरोध कार्यक्रमहरु फिर्ता लिन सम्पुर्ण विद्मार्थीहरुलाई अपिल गरेका छन।

आन्दोलनका कारण बिगत लामो समय देखि नागारिकहरु स्वास्थय उपचार बाट बन्चीत छन। बिपि प्रतिष्ठानमा अध्यानरत विद्मार्थीहरुको पठनपाठन पुर्ण ठप्प छ। नागारिक स्तर बाट दभाव दिदै आन्दोलन भए पछि ओपिडी सेवा खुल्ला रहेपनी सिनियर डाक्टरहरु उपस्थीत नहुदा उपचारमा समस्या रहेको बिरामीहरुको गुनासो छ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका