Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

भानुचोकमा यात्रु तानातान गरे प्रहरीले तत्काल कारबाही गर्ने

धरानको भानुचोक बस पार्क क्षेत्रमा यात्रुहरुलाई तानातान गरिएमा तत्काल कार्वाही हुने भएको छ।

पुर्वकै सुन्दर शहर धरानको भानुचोकमा यात्रुहरुलाई तानातान गर्ने बेथितीले धरानको बदनाम हुँदै आईरहेको थियो। भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन्।

बिगत एक महिना देखि छलफल गर्दै पटक पटक सम्झाउदै आइरहेका ट्राफिक प्रहरी र वडा २ का जनप्रतिनिधिहरुले आजदेखि भने एक्सनमा उत्रिएका छन् । उनीहरुले भानुचोकमा हेल्प डेस्क राखेका छन्, र त्यहाँबाट निगरानी गर्नेछन् । यसको लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट ७ जना र उपमहानगरपालिकाबाट ३ जना गरि १० जना अतिरिक्त जनशक्ति थपिएको छ । यस कार्यको लागी यातायात व्यवसायी र मजदुरहरुले पनि साथ दिएका छन् ।

ट्राफिक प्रहरी प्रमुख सुभास केसीले भने “अबदेखि चालक, सहचालक र टिकट काउन्टरका कर्मचारीहरुले परिचय पत्र झुण्डाउनुपर्नेछ त्यसबाहेकका व्यक्तिहरुले यात्रु तानातान गरेमा तत्काल पक्राउ गरेर कानुनी कारबाही गरिने” उनले बताए ।

वडा २ का अध्यक्ष रमेश राईले भानुचोकको बसपार्कलाई सुरक्षित, व्यवस्थित बनाउन आफुहरु लागिपरेको जानकारी दिदै यसमा प्रहरी प्रशासन, व्यवसायी र मजदुरहरुको पनि साथ रहेको भन्दै उनले सबै मिलेर नै व्यवस्थित हुने पनि बताए।

वृद्धवृद्धाहरुको लागि ६ जना स्वयंसेवकहरु पनि यातायात व्यवसायीहरुले नै परिचालन गरेका छन। जिल्ला ट्राफिक प्रहरी इन्स्पेक्टर सुभास केसी, वडा नं २ का अध्यक्ष रमेश राईसहित टोलीले बस स्टेण्ड, टेम्पो स्टेण्ड, पहाडी रुटका गाडीहरुको स्टेण्डमा पुगेर सचेत गराएका छन्।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा