Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

भगवान् रामको मुर्तीमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना

भारतको अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरिएको, मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ ।

आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा वर्णन गरिएको श्रीरामको रूप र पहिरनबारे सोध खोज गरेर तयार पारिएको बताइएको छ ।

मूर्तिमा टिका, मुकुट, ४ वटा हार, कमरबन्द, दुई जोडी पाउजु, विजय माला, दुई ओटा औठीसमेत कूल १४ वटा आभूषण लगाइएको छ । यी सबै आभूषण १२ दिनमा तयार पारिएको थियो । लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सले आभुषण तयार पारेको हो ।

मुकुट १ किलो ७०० ग्राम सुनले बनाइएको छ । यसमा ७५ क्यारेटको हिरा, १७५ क्यारेटको पन्न, २६५ क्यारेट रुबी, माणिक्य लगाइएको छ । मूर्तिमा पन्ना र माणिक्यका दुई औँठी छन् । २ किलो सुनको माला, ७५० ग्राम सुनको कमरबन्द, एक किलो सुनको धनुवाण राखिएको छ । सबै आभूषणमा पनि ठूलो मात्रामा सुन, हिरा र पन्नाको प्रयोग भएको छ ।

परम्परागत नगर निर्माण शैलीमा निर्मित भव्य श्री रामजन्मभूमि मन्दिरको लम्बाइ (पूर्व-पश्चिम) ३८० फिट छ । चौडाइ२५० फिट र उचाई १६१ फिट छ; र यो कुल ३९२ स्तम्भ र ४४ ढोकाद्वारा समर्थित छ। मन्दिरको स्तम्भ र पर्खालहरूले हिन्दू देवता र देवीहरू कुदिएको छ । देवी देवताहरूको जटिल चित्रण प्रदर्शन गरिएको छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा