Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

नगर प्रहरीले दैनिक जरिवाना लिएको भन्दै इटहरीका सफारी चालकहरू आन्दोलनमा

कोले न्युज: दैनिक ५ सय देखि एक हजार जरिवाना तिर्नु पर्ने भन्दै इटहरी उपमहानगरपालिका भित्रका सिटी सफारी ( इ-रिक्सा) चालकहरुले इटहरी नगरपालिका घेराउ गरेका छन।

इटहरी नगर क्षेत्रको सडक सिटी सफारीको कारण अस्त व्यस्त भएपछी सडक व्यवस्थीत गर्न चुनौती भएको छ। इटहरी उपमहानगरपालिकाले अन्य नगर र पालिकाबाट इटहरी प्रवेस गर्दा सफारीलाई टाइम कार्ड सिस्टम समेत लागू समेत गरिसकेको छ।

इटहरी नगर प्रहरीले ट्राफिक प्रहरीसँगको सहकार्यमा सफारी चालकहरूको कागजपत्र जाँच गर्ने र लाइसेन्स माग्ने गरेको, लाइसेन्स नहुनेलाई दैनिक पाँच सय देखि एक हजार सम्म जरिवाना काटेको र दैनिकजसो समस्या उत्पन्न गराएको आरोप लगाउँदै इटहरी नगरपालिकामा दर्ता भएका सफारी चालकहरू आन्दोलित भएको छ।

आफूहरूले समय माग गरेको भएपनि दैनिक फाइन तिराएर मजदुर मार्ने काम भएको र लाइसेन्स भनेको आजको भोलि बन्ने चिज होइन । हामीले यातायात कार्यालयमा बारम्बार लाइसेन्सको प्रक्रियाबारे धाईरहेको छौ हामीलाई लाइसेन्सका लागि कम्तिमा ६ महिनाको समय चाहिन्छ लाइसेन्स बनाउने प्रक्रिया नै झण्झटिलो रहेकोले समय माग्दा पनि दैनिक रोजिरोटीनै खोस्ने गरि जरिवाना लिएका कारण आन्दोलन गर्न बाध्य भएको सफारी चालक हरुको भनाई छ।

जहाँ पायो त्यहीँ फाइन काट्ने गरिएको छ । नियम, कानुन विपरीत नै इटहरी नगर प्रहरीले हस्तक्षेप गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हाम्रो समस्या नबुजेको सफारी चालकहरूको गुनासो छ ।

सफारी व्यवस्थापनका लागि उपमहानगरले अन्या नगर र पालिका बाट इटहरी प्रवेसमा एक महिना अगाडीबाट टाइम कार्डको व्यवस्था सुरु गरेपछी सुन्दर हरैचा नगरपालिकामा दर्ता भएका सिटी सफारी चालकहरु पनि आन्दोलनमा छ्न। इटहरी नगरपालिका पनि हाम्रै देश भित्र पर्ने भएकोले सहज रुपमा इटहरी प्रवेस गर्न पाउनु पर्ने सुन्दर हरैचा नगरपालिकाका सफारी चालकहरुको माग रहेको छ।

नगरपालिकामै दर्ता भएकोले स्थानीय यातायात ऐनअनुसार नगर क्षेत्रभित्रै चल्ने सवारी साधनलाई जाँच गर्न नगर प्रहरीले पाउने उपमहानगरले नै रुटको व्यवस्थापन गर्ने भएकाले दर्ताको कागजात जाँच गरेको ट्राफिक प्रहरीले भनाई छ।

ट्राफिक प्रहरीले ६ बर्ष अगाडि इटहरी नगर क्षेत्र भित्र हाईवेमा सिटीसफारी निषेध को निर्णय गरेपछी पनि सफारी चालकहरु आदोलित भएका थिए। उनीहरुको आन्दोलनका कारण ट्राफिक प्रहरी निर्णय बाट पछि हटेको थियो। २५ सय देखि तीन हजारको संख्यामा रहेको सिटी सफारी इटहरीका लागि चुनौती बन्दै गएको छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा