कोले न्युज: स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरी उपमहानगरपालिका काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ ।
संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरीले औषत ८१.२५% अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले ७८.५०% अंक प्राप्त गरेको छ भने नेपालको छिमेकी नगर धरान उपमहानगरपालिकाले ७१.५०% अंक प्राप्त गरेको छ ।
गत बर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अंक हाँसिल गरेको थियो । गत बर्षको तुलनामा यो बर्ष इटहरी उपमहानगरले लिजा मुल्यांकनमा इटहरीले प्रगति गरेको छ । मुल्यांकनका विभिन्न १० वटा विषयक्षेत्रमा इटहरी उपमहानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अंक बढाएको छ ।