Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

लोकतान्त्रीक आदिवासी जनजाती महासंघ धरान नगरसमितीको प्रथम अधिवेशन सम्पन्न

कोले न्युज: नेपाली काँग्रेस पार्टीका सुविक्षु संस्था नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघ धरान नगरको प्रथम अधिबेशन बाट कृष्ण कुमार राइको अध्यक्षतामा १० सदस्य कार्यसमिती सर्बसहमत निर्वाचित भएका छन।

प्रथम महाधिवेशन उद्वघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पुर्ब मन्त्री, प्रदेश सांसद प्रदिप कुमार सुनुवारले “काँग्रेस पार्टीमा प्रदेशको नाम किरात राख्नेमा दुईमत छैन, पहिचानको पक्षमा नै छ तर पहिचानको नाममा भै रहेको आतंकले पहिचान प्राप्ती हुदैन आदिवासी जनजातीको अधिकारका लागि लडने पार्टी काँग्रेस नै भएको बताए।

प्रदेश माहामन्त्री उमेश थापाले “लोकतन्त्र प्राप्तीको आन्दोलनमा आदिवासी जनजातीहरुको योगदानको स्मरण गर्दै बिपि कोइरालाले पहिलो पटक आदिवासी जनजाती समुदाय बाट आफ्नो मन्त्रीमण्डलमा मन्त्री समाबेश गराएको स्मरण गराए।

प्रदेश कमिटी सद्स्य अन्जना राइले “आदिवासी जनजाति समुदायको युवा पिढीलाई देशमै बसि नेतृत्व बिकास गर्दै राजनिती, व्यवसाय र लोकसेवा बाट देशको कर्मचारी बन्न सुझाब दिदै लाउरेको मोहले युवा बिदेश पलायन भएको धारणा व्यक्त गरेकी छन।

क्षेत्रीय सभापती सुजेन्द्र तामाङले “लोकतान्त्रीक व्यवस्था ल्याउन हजारौ आदिवासी जनजातीहरुले बलिदान गरेका छन यो व्यवस्था बचाउनु पर्ने दायित्व पनि त्यतिकै छ आफ्नो समुदायको नेतृत्व गरेर मुल पाटीमा जिम्मेवारी लिन नवनिर्वाचित समितीलाई आव्हान गरेका छन।

पुर्ब सभापती धरानका निवर्तमान मेयर तिलक राइले “धरान लाउरेहरुको शहर हो धरान आदिवासीहरुको शहर हो समुदाय सम्म पार्टीको कार्य योजना पुराउने उदेश्यले पार्टीले यो महासंघ निर्माण गरेको बताउदै नवनिर्वाचित समितीले आदिवासी जनजातीहरुको समस्याहरुलाई केन्द्र बिन्दुमा राखेर काम गर्न सुझाब दिए।

धरान नगर सभापती श्याम पोख्रेलले सम्पुर्ण समुदायको सझा पार्टी नेपाली काँग्रेस हो, धरान आदिवासीहरुको बहुल्यता भएको सहर हो लोकतान्त्रीक आदिवासी जनजाती महासंघको धरान नगरसमिती पहिलो पटक गठन भएको छ सबै निर्बाचित पदाधिकारीहरुलाई शुभकामना र बधाई व्यक्त गरेका छन।

प्रथम अधिबेशन बाट सर्बसहमत निर्वाचित अध्यक्षमा कृष्ण कुमार राई, उपाध्यक्षमा मन्जु शाक्य, नकुल राई, सचिवमा लक्ष्य पालुङ्वा, हर्कराज लिम्बू, सह सचिवमा शोभा राई, सोनाहाङ राई, सद्स्यहरु दुर्गा माया तामाङ, निर्मला मगर, सरिता लिम्बु रहेका छन। आस बहादुर राईको नेतृत्वमा रहेको ३ सद्स्य निर्वाचन समितीले सर्बसहमत निर्वाचित भएका कार्यसमितीलाई सफत ग्रहण र प्रमाण पत्र प्रदान गरेका थिए।

लोकतान्त्रीक आदिवासी जनजाती महासंघ सुनसरी जिल्ला संमयोजक बिनोद सुनुवार, नेपाली काँग्रेस पार्टीका प्रदेश सदस्य गणेश परियार, प्रदेश १ / १ का सभापती अनिल श्रेष्ठ, प्रेदेश १/१ का सचिव युवराज संकर १/२ सचिव किरात राई यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेविसंघ केन्द्रीय सदस्य दोर्जी शेर्पा, तरुण दल केन्द्रीय सद्स्य देबेन्द्र लिम्बुको उपस्थीती रहेको थियो। कार्यक्रम संचालन नेपाली काँग्रेस धरान नगर सचिव जितेन्द्र राईले गरेका थिए।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा