Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

 पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानमा ३ दिने टेक्निकल फेस्टिबल सुरु

 

कोले न्युज: धरान ८ स्थित पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसमा आज शुक्रबारदेखि 4.0ले थीम ग्रीन टेक्नोलोजी अन्तर्गत टेक्निकल फेस्टिबल मेला पुर्व उपप्रधानमन्त्री एवं संघीय सांसद माननीय प्रकाश मान सिंहले दिप प्रज्वलन गरि समुद्घाटन गरेका छन ।
 
पूर्वाञ्चल क्याम्पस धरानमा रहेको ‘डेल्टा’ विद्यार्थी समाजले हरेक वर्ष झै यस वर्ष पनि प्राविधिक मेला आयोजना गरेको छ।  ग्रीन टेक्नोलोजी थिममा आधारित भइ यहि माघ ५, ६ र ७ गते मेला लगाइने आयोजक सभापति कल्यान वास्कोटाले जानकारी दिएको छ।

पूर्वान्चल क्याम्पस स्ववियु सभापति नवीन श्रेष्ठले शुभकामना मन्तब्य दिदै २०७६ सालमा ‘डेल्टा’ स्थापित भइ हरेक वर्ष फरक थिम र फरक अवधारणाका साथ मेला लगाइदै आएको छ।  यस अघिका आफ्ना तिन संस्करण सम्पन्न  गरेको डेल्टाले यस पटकको मेलामा अझ नयाँ इभेन्टका साथ तयारी गरि रहेको बताए। 

इन्जिनियरिङ क्याम्पसहरुमा आयोजना भइराख्ने मेला हरुमा डेल्टालाई पुल्चोकमा हुने लोकस पछिको ठूलो प्राविधिक मेला मानिन्छ।  कोशी प्रदेश भरिका विभिन्न विद्यालय तथा क्याम्पसबाट विद्यार्थीहरुको सहभागिता रहने यस मेलामा यस वर्ष तीस हजार सहभागीको अपेक्षा रहेको डेल्टाका भाइस–कोर्डिनेटर विवेक न्यौपानेले बताए। 

२०७६ सालमा डेल्टा १–० नाम रहि सुरु भएको यस मेला त्यसपछीका वर्षहरुमा डेल्टा १–१, डेल्टा २–० , डेल्टा ३–० हुँदै यस वर्ष को इभेन्टको नाम डेल्टा ४–० रहन गएको हो।

ग्रिन टेक्नोलोजीमा आधारित यस मेलामा सस्टेनेबल टेक्नोलोजीका साथै प्रदुषण रहित उपकरण बनाउन विद्यार्थीलाई प्रेरित गर्ने आयोजकको लक्ष्य रहेको छ। 

मेलामा आगन्तुकहरुले विद्यार्थीहरु आफैले बनाएका उपकरण हरुको दृष्यावलोकन साथ साथै प्रतियोगिता हरुमा पनि भाग लिन पाउने छ। यहि माघ ५ गते देखि सुरु हुने मेलाको मुख्य आकर्षकहरु बिभिन्न रोबोटिक्स सामग्री प्रर्दसन, गो कार्ट दौड देखि लिएर अरु बिधा पनि हुने जानकारी आयोजकले दिएको छ ।

डेल्टाको मुख्य आकर्षकको रुपमा रहेका प्रतियोगिताहरुमा नगद पुरस्कारसहित आकर्षक उपहारहरु समेत रहेको छ। 
उक्त उद्घाटन कार्यक्रम सोही ईन्जिनियरिङ क्याम्पस धरानका प्रमुख काजि राम कार्की ,सहायक क्याम्पस प्रमुख अरुण श्रेष्ठ , नेविसंघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराई , धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम वेघा समेतले शुभकामना मन्तब्य राखेका छन

त्यसैगरी उक्त ३ दिन चल्ने मेलामा रहेको विभिन्न स्टलहरु र विद्यार्थीहरुले बनाएका उपकरणहरु प्रदर्शनमा राखिएको छ अवलोकन पु्र्व उपप्रधानमन्त्री सिंहले समेत गरे।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा