Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

बिपि प्रतिष्ठान धरानमा एमविविएस अध्यान कोटा थप ५० वृद्वी गर्न शिक्षा मन्त्री सकरात्मक

कोले न्युज: बिपि प्रतिष्ठानको समस्या समधानका लागि धरानबाट गएका ५ राजनीतिक दलकाे प्रतिनिधि मण्डलले शिक्षामन्त्री अशोक राई सँग चिकित्सा शिक्षा विधेयक संशाेधन सम्बन्धमा छलफल गरी धरान स्थित वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्ययन काेटा थप ५० वृद्वि गर्न आग्रह गरेका छन् । छलफलमा मन्त्री राईले सम्बन्धित पक्षहरुसँग छलफल गर्ने बताए ।

छलफलका क्रममा प्रतिष्ठानकाे आत्मनिरभर्ता र स्थायित्वका लागि प्रतिष्ठानकाे क्षमता अनुसार ५० सीट थप गर्नु पर्ने साेका लागि चिकित्सा शिक्षा विधेयक संशाेधन गर्नु जरुरी रहेकाे विषय मन्त्री समक्ष राजनीतिक टाेलीले राखेकाे नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।


टाेलीमा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, पुर्व मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पाेखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनाेज भट्टराई, काँग्रेेस नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बू लगायत सहभागी थिए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा