Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

गैर आवासीय नेपाली सङ्घद्वारा रेडक्रस सोसाइटी सुनसरीलाई रक्तसञ्चार घुम्ती बस हस्तान्तरण

गैर आवासीय नेपाली सङ्घद्वारा रेडक्रस सोसाइटी सुनसरीलाई मास क्याजुलिटी एम्बुलेन्स रक्तसञ्चार घुम्ती बस हस्तान्तरण गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त हस्तान्तरण समारोहमा बोल्दै “विदेशबाट आउने च्यारिटीले माथिबाट झर्ने फलका आशामा बस्ने प्रवृत्तिको विकास गर्ने भएकाले यसलाई फेर्न जरुरी भएको बताउँदै उनले यसले मुलुकमा कुनै विपत्ति आइपरे ‘डिजास्टर टुरिज्म’ सुरु हुने बताए । मुख्यमन्त्री कार्कीले भने ‘त्यसरी आउने सहयोगको सदुपयोग हुन्छ कि हुँदैन भन्ने कुराले धेरै महत्त्व राख्दछ ।’

विदेशमा बसेर त्यहाँको अनुशासन र संस्कार लिएर आफ्नै मुलुकमा उद्यम सुरु गरेर अनुभव व्यवहारमा उतार्न सके देशलाई समृद्ध बनाउन सकिने उनले बताए । मुख्यमन्त्रीले भने ‘विदेशमा सिकेको अनुभवलाई उद्यममा लगाउन सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।’

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले ‘हामी रहरले विदेश बसेको छैनौँ बाध्यताले बसेका छौँ ।’ विदेशमा बसे पनि बिहान बेलुका परिवारको चिन्ता, देशको चिन्तामा रहने गरेको उनको भनाई थियो । त्यही चिन्ताका कारण देशका लागि केही गर्ने भावनाले आवासीय नेपाली सङ्घको स्थापना भएको उनले बताएका थिए ।

उपाध्यक्ष डा.हेमराज शर्माले गैर आवासीयले कोरोनाकाल सहित विपद्का राष्ट्रिय घट्नाहरुकमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। उनले भने ‘प्रक्रियाका कारण सरकारले तत्कालै गर्न नसक्ने उद्धार र राहतको कार्य गरेर गैर आवासीय नेपाली सङ्घले उदाहरण कायम गरेको छ ।’

रेडक्रस सुनसरीका सभापति उमेश थापाको सभापतित्वमा भएको हस्तान्तरण समारोहमा रेडक्रस केन्द्रीय उपमहासचिव मनोजकुमार थापाले गैर आवासीयले ७ प्रदेशमा प्रदान गर्दै आएको मास क्याजुलिटी एम्बुलेन्स रक्तसञ्चार घुम्ती बस आवश्यकताको आधारमा जिल्लाहरूमा पनि उपलब्ध गराउने योजना बनाउन आग्रह गरे ।

सुनसरी रेडक्रसका उपाध्यक्ष मुकुल कायस्थले मुख्यमन्त्री कार्कीसँग प्रदेशमा आवश्यकता परेकाहरूलाई रगत निःशुल्क गर्न रगत ब्याग निःशुल्क उपलब्ध गराउन वार्षिक बजेटमा व्यवस्था गर्न माग गरे । उनले रक्तदानमा आवश्यक ब्याग सहित किटमा हुने खर्चका कारण अहिले सम्म रगत निःशुल्क हुन नसकेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घकी उपाध्यक्ष रोजिना प्रधान राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुभकामना मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम रेडक्रस सुनसरीका महामन्त्री प्रकाश राईले सञ्चालन गरेका थिए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा