Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

पेट्रोल मोटरसाइकललाई विद्युतीय रूपान्तरण इटहरी उपमहानगरपालिकाले गरेको छ

कोले न्युज: इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।

पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रूपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले भने, ‘हामी मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सक्षम भएका छौ ।’

इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याब प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला (ल्याब) पनि सञ्चालनमा ल्याएको छ ।

सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए । सडकको गुणस्तर मापनका लागि उपमहानगरपालिका भित्रै ल्याबको स्थापना गरिएसँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न थालेको इन्जिनियर दाहालले बताए । यसरी गुणस्तर मापन गर्दा उपमहानगरका सडकको गुणस्तर कायम गर्न मद्दत पुग्नेछ ।

यसैगरी, इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं. १७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई दुई वटा मोटरसाइकल हस्तान्तरण गरेका छन् । इन्जिनियरिङमा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।

बधुबार सडक गुणस्तर ल्याब प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरे ।

इटहरी उपमहानगरपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक साहयता कक्ष पनि स्थापना गरी सञ्चालन गर्न थालेको छ । यस साहयता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरूको गुनासाका आधारमा काम अगाडि बढाइने उपमहानगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । उनका अनुसार साहयता कक्षमा उपमहानगरपालिकाका गतिविधि डिस्प्ले हुने, कुनै काम गर्न समस्या हुँदा त्यहीबाट कर्मचारीले सहजीकरण गर्ने अनि पर्खनु पर्दा चिया/कफिको व्यवस्था समेत सेवाग्राहीका लागि गरिनेछ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा