Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

आज विपि प्रतिष्ठानका आन्दोलनरत शिक्षक र कर्मचारीले र्‍याली निकालेको छ

प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) ले हिजो मंगलबार विपि प्रतिष्ठान धरानको कार्यकारिणी समिति वैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरुको माग सम्बोधन गर्न निर्देशन दिएको छ। आज बुधबार विपि प्रतिष्ठानका शिक्षक कर्मचारीहरुले हिजो नै आन्दोलनको तालिका सार्वजनिक गर्दै विपि प्रतिष्ठान मुल गेट बाट – र्यालि प्रदर्शन गरेर धरान भानुचोकमा पुगेर फेरि पुनः विपि प्रतिष्ठानमा पुगेका थिए।

मंगलबार विपि प्रतिष्ठान धरान घोपाका कार्यरत शिक्षक र कर्मचारीले बसेको आन्दोलन परिचालन समितिको बैठकले आर ओ टी, सेन्ट्रल ल्याव, रुटिन रेडियोलोजी सेवा समेत आज देखि अवेज्ञा गरेको छ।

त्यसैगरि निषेधित का.मु. उपकुलपतिले प्रतिष्ठानको कुनै पनि सवारी साधन चलाउने अधिकार नभएकोले ती गाडीहरूको सांचो आन्दोलनकारीले कब्जामा लिने म्यासेज सहकुलपति र कुलपति लाई पठाउने, हेरफेर भएका एच ओ डी हरूलाई आफ्नो जिम्मेवारी नलिन अनुरोध गर्ने ।,र निषेधित का.मु. उपकुलपति भएपछि गरिएका सम्पूर्ण पत्राचारहरू अमान्य घोषणा गरियोस लगायत उल्लेख गरिएको थियोे ।

आज तालिका बमोजिम र्यालिको नेतृत्व आन्दोलन परिचालन समिति संयोजक डा. सेराज अहमद खान र कविता ढकाल गरेका थिए। आन्दोलनरत संयोजक कर्मचारी कल्याण संघको अध्यक्ष कविता ढकाललाई तपाईहरुको समस्याबारे हिजो सम्माननीय प्रधानमन्त्रीको निर्देशन अनुसार आज बैठक बसेर सम्बोधन गराउने भनी सकेकोमा यो आन्दोलन र्यालि को औचित्य के रहयो भन्ने प्रश्न राख्दा संयोजक ढकालले सम्माननीय प्रधानमन्त्रीले हामीलाई सम्बोधन नगरेको उहाँले स्वास्थ्य मन्त्री , मन्त्रालयका सचिवलाई बैठकको निर्देशन दिनु भएको छ। यश प्रकारको बैठक र सम्बोधन हामीलाई धेरै पटक आएको हो तर लिखित रुपमा र हाम्रो माग कार्न्वयन नहुन्जेलसम्म हाम्रो आन्दोलन जारि रहने बताईन ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा