Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा धरानमा पनि सक्रान्ती अर्थात मैथिल भाषाको तिला सँक्राईतको शुभ अवसर पारी नेपाल बैश्य युबा संघ धरानले प्रथम माघे सक्रान्ती (खिचडी) उत्सब २०८० एबम सुभकमना आदान प्रदानका साथै चियापान कार्यक्रम गरि मनाएकोछ ।
उक्त कार्यक्रम धरान १ स्थित उद्योग बाणिज्य संघ परिसरमा नेपाल बैश्य युबा संघका नगर अध्यक्ष बिजय कुमार शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमकोप्रमुख अतिथि कोशी प्रदेशका मनानिय साँसद रमेश कुमार बस्नेत रहेका थिए । कार्यक्रम हालसम्मकै नयाँ र नौलो तरिका कार्यक्रममा झुन्डियाईएक ब्यानर प्रमुख अतिथि सम्सद बस्नेतले पढेर सगसंगै उपस्थित सम्पुर्णले पढेर समुदघाटन गरेका थिए ।
सोही कार्यक्रममा आफ्न स्वागत मन्तव्य राख्दै नेपाल बैश्य युबा संघका केन्द्रिय अध्यक्ष दिलिप चन्द्र साहुले नेपालमा वैश्य समाजका ब्यक्तिहरु अथाह मात्रामा रहे पनि नेपाली कानुनका कारण ओझेलमा परेको बताए । उनले यो कानुन निर्माता माननिय साँसदहरुनै हुने भएकोले ओझेलमा परेका बैस्य समुदायका लाई समेत एकै नजरले हेर्न आग्रह समेत गरे । उनले बैस्य समुदायको डाटा नै पेश गर्दै सरकार समक्ष समेत पुर्याईदिनुहुन आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित अधिकान्श बिशिष्ठ अतिथिहरुले रास्ट्रका सम्पुर्ण जातजाति धर्मलाई एउटै बकेटमा राखेर हेर्नुपर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रममा साँसद यसोदा कायस्थ,नेपाल बैश्य युबा संघका केन्द्रिय अध्यक्ष दिलिप चन्द्र साह,धरान उपमहानगरपालिकाका उपमेयर अहिन्द्र बिक्रम बेघा,वडा न १ का अध्यक्ष यज्ञमणि भट्टराई, वडा ४ का अध्यक्ष धन बहादुर राई,वडा ५ का अध्यक्ष मन प्रसाद लिम्बू ,वडा न ११ का अध्यक्ष लोकेन्द्र फाँगो वडा न १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई वडा न १६ का अध्यक्ष मुरारी प्रसाद भट्टराई,महेन्द्र बहुमुखी क्यम्पसका प्राध्यापक डाक्टर अशोक झा,इनरुवा अस्पतालका पुर्ब मेसु डाक्टर देब राज घिमिरे,पब्लिक स्कुलका प्रधानाध्यापक डाक्टर इन्द्र मोहन झा, डाक्टर बिरेन्द्र शाह,महेन्द्र,धरान उपमहानगर कार्यापालिका सदस्यहरु बिनिता बज्राचार्य, सृजना नेपाल सुवेदी ,बिकाश भाटी,धरानका स्वास्थ महाशाखा प्रमुख उमेश मेहता,नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य राजमणि निरौला,मारबाडी सेवा समिती अध्यक्ष अनिल कुमार अग्रवाल,सुनचाँदी ब्यब्सायी संघका अध्यक्ष राजेश अग्रवालका साथै बिभिन्न जातिय संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थि रहेको थियो ।

त्यस्तै कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष समेत रहेका नेपाल बैश्य युवा संघका नगर अध्यक्ष बिजय कुमार शाहले आफ्ना स्वर्गीय बुवा रामजि प्रसाद शाह र आमा कलावती देबि शाहको नाममा १ लाख १ हजार बराबरको मधेसी समाजका गरीब एबम पिछडिएकाहरुको बालबच्चा तथा अशक्ता बिबाह खर्च जुटाउन नसक्ने ब्यक्तिहरुको लागि अक्षयकोषको घोषणा समेत गरेका थिए । जुन अक्षयकोष शाहको स्वर्गीय बुबा रामजी प्रसाद साहको पुन्य तिथिको दिन पारी प्रदान गरीने शाहले जानकारी दिएका थिए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा