Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

प्रताप तामाङ धरान फुटबल क्लबको अध्यक्ष निर्विरोध निर्वाचित

धरान फुटबल क्लबको अध्यक्षमा प्रताप तामाङ निर्बिरोध निर्वाचित भएका छन। बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबमा नयाँ नेतृत्व चयन भएको हो ।

शनिबार छैटौं साधारणसभाको उद्घाटन समारोह पुर्वउपप्रमुख एवं क्लबका संरक्षक मिनकुमार सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो । धरान फुटबल क्लबलाई किशोर राई ले दुई दशक देखी नेतृत्व गर्दै आईरहेका थियो। राईकै नेतृत्वमा पुर्बमै पहिचान बनाएको धरानलाई मिनि ब्राजिल उप नाम बाट चर्चामा ल्याउन सफल अन्तराष्ट्रीय आमन्त्रीत बुढासुब्बा गोलडकप आयोजना क्लबले गरिरहेको छ। अध्यक्ष किशोर राईले शनिबार छैटौं साधारणसभाबाट नेतृत्व हस्तान्तरण गरेका हुन् । क्लबका संस्थापक अध्यक्ष रहेका राईले नेतृत्व छोडे पनि क्लबको बैठकले उनलाई मानार्थ अध्यक्षकोरुपमा राख्ने निर्णय गरेको छ ।

एन्फा प्रदेश समिति अध्यक्षसमेत रहेका राईले आफु क्लबको अध्यक्षतामा नभए पनि आफुलाई मानार्थ अध्यक्ष राख्ने निर्णय भएकोमा आभार व्यक्त गर्दै सहयोग निरन्तर गर्ने बताए । साथै उनले स्थानीय सरकारले खेलकुदमा ध्यान नदिएको भन्दै गुनासो पनि पोखेका थिए ।

साधारणसभाले प्रताप तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम बुढाथोकी, उपाध्यक्षमा नरेन्द्र चोङवाङ, उपाध्यक्षमा रोमी मोक्तान, महासचिवमा नविन राई, सचिवमा गोपाल कार्की, कोषाध्यक्षमा धनबहादुर राई र सहकोषाध्यक्षमा सागर घिमिरे चयन भएका छन। सदस्यहरुमा विद्या शाक्य, सारदा लिम्बु, हिमाल दाहाल, अर्जुन राई, हेमकुमार गुरुङ, सतिस केसी, रविन राई, इन्द्रबहादुर थापा मगर, अशोककुमार राई, विनय श्रेष्ठ, दर्शन बिष्ट, डिल्लीराम श्रेष्ठ र किरण शर्मा चयन भएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक