Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

भानुचोकमा दिप प्रज्वलन गरेर धरान काँग्रेसले मनायो १२३ औँ धरान उत्सव

नेपाली काँग्रेसले धरानले १२३ औ धरान उत्सव शुक्रवार साँझ भानु चोकमा दीप प्रज्वलन गरी मनाएको छ।

नेपाली काँग्रेस धरान नगर सभापती श्याम पोख्रेलले भने ‘धराने जनता अन्य ठाउको भन्दा शिक्षित, सबल र सचेत रहेका छन् ।’ धराने जनता बिच कुनै मतभेद छैन भन्नका लागि पनि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पब्लिक हाई स्कुलमा भएको औपचारिक कार्यक्रम दलहरू किन उपस्थित भएनन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले धरान उपमहानगरपालिकाको नगर नेतृत्वले औपचारिक रूपमा कुनै पनि छलफल र सहकार्य नगरेको बताए ।

उनले भने ‘कुनै पनि दललाई नबोलाएको कारण औपचारिक कार्यक्रममा उपस्थित हुन पाएनन् ।’ तथापि धराने जनतालाई १२३औ धरान स्थापना दिवसको शुभकामना दिन भानुचोकमा कार्यक्रम गरेको सभापति पोख्रेलले बताए ।

कार्यक्रममा पूर्व मेयर तिलक राई धरान उत्सवमा नगर नेतृत्वले औपचारिक रूपमा निमन्त्रणा नगरेकाले धराने जनतालाई ‘धरान डे’ को शुभकामना दिन सडकमै भए पनि उपस्थित भएको बताए । उनले भने ‘धरान शहर मूर्तरूप दिन र धरान शहरलाई सौन्दर्यीकरण गर्दै सुन्दर, सफा शहर बनाउने कार्यमा सम्पूर्ण धराने जनताको अमूल्य योगदान रहेकाले धराने जनतालाई शुभकामना नदिई बस्न सकिन
यहाँका बहुसङ्ख्यक आदिवासी जनजाति र लाहुरेहरूले ठ्रलो योगदान रहेको उनले बताए र राजनैतिक दलको समेत महत्त्वपूर्ण भूमिका रहेकोले राजनीतिक दल बिनाको धरान परिकल्पना गर्न नसकिने बताए।

दीप प्रज्वलन कार्यक्रममा पूर्व सांसद मिना सुब्बा क्षेत्रीय सभापती सुजेन्द्र गोले भातृ संगठनका नेता कर्यकर्ता,धरानका काँग्रेसका सबै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद