Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

ललितपुर आन्दोलनमा विद्मार्थीहरुको मृत्यु भए पछि बिरोध गर्दै भानुचोकमा दिप प्रज्वलन र कोण सभा

पुस १३ गते शुक्रवार लालितपुरको बालकुमारी ईपिएस कोरिया शाखा अगाडि भएको आन्दोलनमा मृत्यु भएका युवाहरुलाई श्रद्वान्जली व्यक्त गर्दै दिप प्रज्वलन गरेर विभिन्न राजनीति दल, दलका भातृ संगठनहरुले आज धरानको भानुचोकमा कोण सभा गरेका छन।

इपिएस कोरिया शाखा बाट भाषा परीक्षा उतिर्ण गरेका नेपाली कामदारहरुलाई कोरिया सरकारले आफ्नो देशमा काम गर्न लादै आईरहेको छ। अहिले नेपाली युवाहरुको सपनाको देश कोरिया बनेको छ। इपिएस कोरिया शाखा नेपालले सीप बिल्डीङमा परीक्षा दिएको बिद्मार्थीहरुले मेनिफेक्चरको लागि खुलेको कोटामा परीक्षा दिन नपाउने निर्णय गरेपछी सिपबिल्डीङमा फेल भएका लगभग ३३ हजार विद्मार्थीहरु परिक्षाको लागि आवेदन दिन बाट बन्चीत हुने भएका थिए। इपिएस कोरिया शाखाले मेनिफिक्चरका लागि लिने भाषा परिक्षाको लागि आवेदन दिन नपाएका बिद्मार्थीहरु दुई हप्ता देखि आन्दोलित छन। पुस १३ गते अन्तिम आवेदन दिने दिन बिद्मार्थीहरु निर्णयक आन्दोलन गर्ने भन्दै आक्रोसित हुँदै इपिएस कोरिया शाखा परिसरमा आन्दोलन गरेका थिए।

उक्त आन्दोलनमा भौतिक पुर्बधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगाजानी गरेका थिए। भिडलाई नियन्त्रणमा लिन प्रहरीले असुर ग्याँस र लाठी चार्ज गरेका थिए। त्यस क्रम्मा माहाबु गा.पा. ६ दैलेखका सुजन राउत र चौरपाटी गा.पा. ८ आछामका बिरेन्द्र शाहको मृत्यु भएको थियो।

आज धरानको भानुचोकमा नेपाली काँग्रेस १ न. क्षेत्र, नेबिसंघ, अनेरास्ववियु जिल्ला समिती, राष्ट्रीय स्वतन्त्र पार्टी धरान नगरसमिती र धराने युवा समुहले मृतकहरुको आत्मको चिरशान्तीको कामना गर्दै दिप प्रज्वलन गरेर श्रद्वान्जली व्यक्त गर्दै परिवार जनमा शोकलाई शक्तिमा बदल्ने शक्तिको कामना गरेका थिए।

श्रद्वान्जली र कोण सभामा बोल्दै वक्ताहरुले “नेपाली युवाहरुले कहिले सम्म रोजगारी माग्दै मर्नु पर्ने भन्दै सरकारलाई प्रश्न गरेका थिए, गोली हैन रोजगार देउ सरकारको लापार्बाहीको कारण नेपाली युवाहरु कहिले सम्म मर्नु पर्ने ? जनता मारा गृहमन्त्री राजिनामा दे लेखेका पिले कार्ड प्रदर्शन गरेका थिए, देशमा नै रोजगारी सृजना गर, रोजगारीमा बिदेश पठाउदा पुर्ण सुरक्षाको ग्यारेन्टी गर सरकार भन्दै आक्रोश पोखेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद