Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

धार्मिक सद्भाव र सहिष्णुताको “कोशेढुंगा” धरानमा काँग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

🖋रोहित कुलुङ राई

नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छन। धार्मिक, सांस्कृतिक विभिन्न जातिय भेषभुषा सहित अनेकतामा एकता झल्काउने उधौली, चासोक तङनाम, य: मरी पुन्ही, भुजेली, धान्य पुर्णिमा, चासुवा र फोल ष्याँदार आदि मौलिक पर्बको शुभकामना तथा चियापान कार्यक्रम राजनिती दल बाट धरानकै इतिहासमा पहिलो पटक नेपाली काँग्रेस प्रतिनिधीसभा क्षेत्र न. १ सुनसरी कार्यसमितीले आयोजना गरेको हो।

बिगतमा गोपाल मन्दीर अगाडि चर्च निर्माण भए सगै धरान बाट धार्मिक सद्वभाव खल्बलीएको टिकाटिप्णी पनि भएको
तर यो सद्भावमा केही समययता दखल पुर्याउने प्रयत्न भइरहेका छन्। पछिल्लो समय सामाजिक सद्भाव र धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरानको नाम आउने गरेको छ। धार्मिक सद्भाव खलबल्याउने प्रयास र धरानलाई अशान्त बनाउन खोजिरहँदा त्यहाँ धार्मिक सद्भाव र सहिष्णुता कायम गराउन विभिन्न वर्ग, क्षेत्र, समुदाय, राजनीतिक नेतृत्वबाट पहल कदामी लिए पछि सद्वभाव कायम गर्न सफल भएको थियो।

अहिले देशमा धार्मिक अराजकता फैलाउने तत्वहरु सकृय छन। नेपाल भित्र रहेको विभिन्न धर्मको मौलिक पर्बहरु दशै, तिहार, तिज, बकर इद, ख्रीष्टमस, उधौली उभौली पर्व (साकेला), चासोक तङ्नाम, चासुवा, य: मरी पुन्ही, धान्य पुर्णिमा, फोल ष्यांदार र भुजेली पर्बको अवसरमा काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेर धार्मिक सद्वभाव सहिष्णुता एकताको कोशेढुङ्गा साबित भएको प्रतिनिधीहरुले बताए।

उद्मोग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा बिभिन्न जातिय र धार्मिक संस्थाको प्रतिनिधि उपस्थीत कार्यक्रममा मौलिक,धार्मिक, साँस्कृती र पहिचानलाई राज्यमा स्थापीत र जगेर्ना गर्ने बिषयमा प्रतिनिधीहरुले जोड दिएको थियो। राज्यले उत्पीडनमा पारेका धार्मिक साँस्कृती, भेषभुषा, भाषा लिपि र धर्म र जातिय विभेद भएको भन्दै काँग्रेस पार्टी मार्फत राज्य सत्ता सम्म पुराई दिन आग्रह गरे।

सो कार्यक्रममा शुभकामना व्यक्त गर्दै जातिय धार्मिक संस्थाका प्रतिनिधीहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नका लागि नेपाली काँग्रेस पाटी देशको ठूलो राजनिती दल भएकोले प्रदेश र केन्द्रीय कार्यसमिती मार्फत जोडदार कुरा राखिदिन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रदिप कुमार सुनुवारलाई आग्रह गरेका थिए। प्रमुख अतिथी सुनुवारले आदिवासी जनजाती समुदायबाट आफु प्रतिनिधित्व गर्ने भएकोले आफुले आफ्नो ठाउँ बाट लागि रहेको जानकारी गराए”।

शुभकामना तथा चियापान कार्यक्रममा किराँत राई यायोक्खा केन्द्रीय समिती, जिल्ला समिती, नगरसमिती, किराँत याक्थुङ चुम्लुङ्ग, किराँत याक्खा छुम्मा, सुनुवार समाज, भुजेली समाज सेवा, लगाएतका संस्थाहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका अध्यक्ष नेपाली काँग्रेस प्रतिनिधीसभा निर्वाचन क्षेत्र न. १ का सभापती सुजेन्द्र गोलेले “बहुजाती, बहुधार्मिक, बहुपहिचान,बहुभाषा भएको मुलुक नेपाल हो सबै जात धर्म साँस्कृतिको सम्मान गर्ने पार्टी नेपाली काँग्रेस भएको जानकारी दिदै सहभागी नेता कार्यकर्ता र विभिन्न धार्मिक संस्थाका प्रतिनिधीहरुलाई शुभकामना व्यक्त गरेका छन”। कार्यक्रममा नेपाली काँग्रेस माहासमिती सद्स्य प्रदेश सांसद ममता तामाङ्ग, जिल्ला उपाध्यक्ष नागेश चन्द्र राई जिल्ला सचिव माधव घिसिङ र जातिय संस्थाका प्रतिनिधीहरुले बिचार व्यक्त गरेका थियो।

कार्यक्रममा विभिन्न जात धर्मका भेषभुषामा सहित सहभागीहरु उपस्थीती भएका थिए। मौलिक साँस्कृतिक नाच प्रस्तुत गरेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद