Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

इटहरी र सुन्दरहरैचा नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा सिटी सफारी चालकहरु समस्यामा

इटहरी उपमहानगरपालिकाले ई- रिक्सा सिटी सफारीमा टाईम कार्ड सिस्टम लागू गरेपाछी अन्य पालिकामा दर्ता भएका प्रवेश गर्दा टाइम कार्ड आनिवार्य गरेका छन।

इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि अन्य स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा सञ्चालनमा रोक लगाएको थियो । त्यसपछि सुन्दरहरैंचा नगरपालिकासँगको समन्वयमा टाइम कार्ड लागु गर्ने सहमती भएको थियो ।

सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ। पछिल्लो पटक स्थानीय सरकारले कडाई गरेपछि सफारी व्यवस्थापनको पहल सुरु भएको हो ।

सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्दै आईरहेको छ । इटहरी उपमहानगरपालिकामा दुई हजार सिटी सफारी दर्ता भएका छन् । सुन्दरहरैचामा दर्ता भएका बलिया, बासबारी, दुलारी र गछिया क्षेत्रका सफारीको कमाई गर्ने ठाउनै इटहरी रहेकोले यहाँका सफारी चालकहरु स्थीनीय सरकार संग रुष्ट छन बिदेशमा आधा जिन्दगी बिताएर देशमै गरि खान सफारी किनेको तर आफनै देश भित्र नै सफारी चलाउन नपाउदा निराश भएका एक चालकले बताएका छन।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले