Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

भुकम्प प्रभावित जाजरकोटका भुकम्प पिडीतहरुलाई ६ वटा अस्थायी आवस निर्माण गरि फर्किएको टोलीलाई सम्मान

धरानबाट गएर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्प पीडितहरूलाई श्रमदानबाट ६ वटा अस्थायी आवास निर्माण गरी फर्किएको टोलीलाई नेपाली काँग्रेस धरान नगर समितिले शनिवार स्वागत र सम्मान कार्यक्रम गरेका छन।

धरानबाट काँग्रेसको ६ सदस्यीय टोली गत मङ्सिर १९ गते पूर्व मेयर तिलक राईको नेतृत्वमा जाजरकोट प्रस्थान गरेको थियो । टोलीमा काँग्रेस सुनसरी-१ प्रदेश सभा-१ का सचिव राजेन्द्र राई, २ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र वडा १७ का सचिव सूर्यकुमार सुनुवार थिए । उनीहरूलाई फुलमाला, खादा लगाएर सम्मान पत्र प्रदान गरी स्वागत सम्मान गरिएको हो

त्यहाँ पुग्ने कतिपय टोलीले रमाइलो गर्न आएको जस्तो पनि गरेका रहेछन् । गाउँका अगुवाहरूले त्यस्ता टोलीले गाउँका खशी, बोका काटेर खाइ पैसा समेत नदिई गएको बताए । उनीहरूले बनाएका अस्थायी घर लायकको नभएको उनीहरूले गुनासो गरेको पनि संयोजक राईले उल्लेख गरे । उनले भने ‘हाम्रो टोलीले धरानका राम्रो छवि र सन्देश छोडेर आएको छ ।’

कार्यक्रममा टोली सदस्य विजय घिमिरेले साताभरिको श्रमदानका प्रतिवेदन प्रस्तुत गर्दै सबै कार्य स्थानीय जनप्रतिनिधि, नेपाली काँग्रेसका जिल्ला, नगर र वडा सम्मका पदाधिकारीहरू सँग समन्वय गरी सम्पन्न गरिएको बताए । काँग्रेस टोलीले काम गरेको भेरी नगरपालिका वडा १ रिम्ना गाउँमा यातायातका लागि बाटो पुगे पनि निकै विकट ठाउँ रहेको बताए ।

स्वागत सम्मान गर्दै काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले जान आउन नै ४ दिन लाग्ने टाढा र विकट ठाउँमा पुगेर भूकम्प पीडितका लागि धरान काँग्रेसको टोलीले गरेको कार्य पार्टीको निर्देशनलाई अक्षरशः पालना गर्ने उदाहरणको रूपमा स्थापित भएको बताए । सम्मान गर्दै क्षेत्रीय सभापती सुजेन्द्र गोलेले हरेक राजनिती कर्मीहरुले यस्तै कार्य गर्नु पर्दछ उक्त कार्यको सरहना गरे। जिल्ला सचिव माधव घिसिङ्गले राजनिती गर्नेहरुले जनताको काम गर्ने हो आफू बन्न राजनिती गर्नेको भण्डाफोर गर्दै तिलक राईको नेतृत्वमा भएको काम बाट राजनिती नेतृत्वले शिक्षा लिनु पर्ने बताए।

काँग्रेस प्रदेश (क) सभापति अनिल श्रेष्ठले काँग्रेसको टोलीले गरेको कार्य उदाहरणीय भएको बताए । उक्त कार्यक्रममा पुर्व सांसद चन्द्रप्रसाद श्रेष्ठ, उपस्थीती रहेको थियो। कार्यक्रमको सञ्चालन नगर सचिव हिमाल श्रेष्ठले गरेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद