Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

एन्फा प्रेसिडेण्ट कप दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरी विजयी

कोशी प्रदेशको फुटबल संघको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्यु स्टार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई ५- १ गोलको फराकिलो जित हात पारेको छ।

न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेतले खेलको ३० र ४२ मिनेट र रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए ।
धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए । खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका सुशान्त चौधरी घोषित भए । पुष ६ गते सम्म चल्ने प्रतियोगिता अन्तर्गत शुक्रबार राष्ट्रिय जागृति क्लब सुनसरी र मिल्स भेट्रान क्लब मोरङबीच हुनेछ ।
प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी रहेका छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउने छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक