Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

कोशी प्रदेशमै पहिलो पटक धरानमा प्रथम एन्फा प्रेसिडेण्ट कप यु -१५ फुटबल प्रतियोगिता हुने

धरान : आईतवार धरान -१७ स्थित एन्फा ऐकेडेमि फुटबल ट्रेडिङ सेन्टर खेल मैदानको सभाहलमा पत्रकार सम्मेलन गरि एन्फा प्रेसिडेण्ट कप यु -१५ हुने आयोजकले जानकारी दिएको छ । कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपानेले प्रेस विज्ञप्ति मार्फत खेलबारे जानकारी दिएका छन ।

मंसिर २७ गतेदेखि पौष ६ गतेसम्म संचालन हुने एन्फा प्रेसिडेन्ट कप यु-१५ फुटबल प्रतियोगिता हुने उक्त खेलले नेपाली फुटबल जगतमा जिल्ला र प्रदेशमा रहेका विभिन्न नवीन खेलाडीहरुलाई पुर्ण व्यावसायिकरण र युवा खेलाडीहरुको उत्कृष्ट उत्पादनमा बल पुर्‍याउदै रोजगारीमुखि बन्नको निमित्त यस्ता कार्यक्रमहरुलाई कोशी प्रदेश फुटबल संघले आफ्नो वार्षिक कार्यक्रम अनुरुप एन्फा प्रेसिडेण्ट कप यु-१५ को प्रथम संस्करणको शुरुवात गरिएको जानकारी संघका उपाध्यक्ष न्यौपानेले जानकारी दिएको थियो ।

उक्त खेलमा प्रथम नगद पुरस्कार ५० हजार ,दोस्रो नगद पुरस्कार २५ हजार र प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। भने विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् र प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन ।

पत्रकार सम्मेलनमा कोशी प्रदेश फुृटबल संघका अध्यक्ष किशोर राईले विस्तृत जानकारी दिनेक्रम्मा १५, १७, १९ उमेर समूहको खेलाडीहरुको उत्पादनमा सक्रिय भूमिका खेल्नु पर्ने बताएका छन् । “यी उमेर समूहका खेलाडीहरु ओलम्पिक लगायत बिश्वभरिमा औपचारिक रुपमा खेलिने हुँदा यो कोशी प्रदेशबाट शुरु गरिएता पनि देशैभर शुरु गरिनु पर्छ तयारी अलिक कम भएकोले यी समूहहरुलाई लिगको आधारबाट खेल खेलाउनु पर्छ र यस किसिमको उमेर समूहको खेलबाट सिनियर टिम फेज आउट हुँदै जाने र जुनियर टिमले कभर गरेर जाने यस कार्यक्रमले विभिन्न जिल्लामा रहेका क्लबहरु, नगरपालिकाहरु र ग्रासरुट फुटबल गतिविधिलाई पनि जोडेर लाने, देशभरिका उमेर समुहका खेलाडीहरुलाई १२ महिनै तालिममा र सक्रिय राख्नु पर्ने,निश्क्रिय क्लबहरुलाई एन्फाले कावार्ही गर्नु पर्ने जोड दिँदै लिगहरु जसले गर्न चाहान्छ त्यसलाई दिनु पर्छ जस्ले गर्दैन त्यसलाई कार्वाही गर्ने र गर्नेलाई पुरस्कृत गर्ने अहम निर्णय एन्फाले गर्नु पर्ने राईले बताए।

प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्ड र धरान उपमहानगरपालिका गर्ने छ विशेष सहयोगी एनि प्रालि र अफिसियल मिडिया रेडियो धरान र गोल नेपाल डट कम रहेको जानकारी आयोजकले दिएका छन ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक