Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

श्रमदानबाट धरानमा एयरपोर्ट बनाउछौ – हर्कराज राई

बीस वर्ष अगाडि देखि धरानमा एयरपोर्ट बन्ने आश्वासन दिएको धरान वडा न.- १७ डाँडाघोपा बासीहरुलाई नेपाल सरकार तथा नेपाल उड्डयन प्राधिकरण र मेयर हर्कराज राईले फेरि आश्वासन त दिई रहेको छैन ?

धरानमा एयरपोर्ट बनाउने हल्ला २० बर्ष अघिको हो । एयरपोर्ट त बनेन बनेन तर हल्ला भने हुन छाडेको छैन । पछिल्लो समय नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीलाई दबाब दिएर मेयर हर्कराज राईले धरानमा एयरपोर्ट बनाउने कुरालाई उचालेपछि पुन: एयरपोर्ट बन्ने विषयले चर्चा पाएको छ ।

२०६० सालमा धरानमा एयरपोर्ट बनाउने शर्तमा धरान वडा नम्बर १७ डाँडाघोपामा यति कर्पोरेटले जग्गा समेत खरिद गरेको तर अपुग जग्गा धरान उपमहानगरपालिकाले उपलब्ध गराउन नसकेपछि विमानस्थल बनाउने कुरा चर्चाको विषयमात्र बनेको थियोे । तर पछिल्लो समय पुन: यो चर्चा एकाएक सतहमा आएको छ।
चर्चाकै बीच एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली बुधबार धरान आएको छ। विहिबार प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल बस्नेतले धरान – १७ डांडाघोपामा रहेको एयरपोर्टको जग्गामा पुगेर स्थलगत अध्ययन गरेका छन।

अध्ययन टोलिलाई धरान नगर प्रमुख हर्क राज राईले सहजीकरण गर्दै उनले संघीय सरकारबाट आएको अध्ययन समिति र स्थानीय नागरिकले धरान – १७ डाँडाघोपामा एयरपोर्ट बन्न सक्छ भन्ने निर्क्योल निकालेमा श्रमदानबाटै निर्माण गर्ने घोषणा गरेका छन । मेयर सामपाङले धरान- १७ को प्रस्तावित विमान स्थल धावनमार्ग निर्माण स्थलमा पुगेर अध्ययन टोलिलाई काम गर्न दिन स्थानीयलाई आग्रह गरे ।

मेयर साम्पाङले स्थानीय बासीलाई सम्बोधन गर्नेक्रममा धरानलाई एउटा एयरपोर्ट बनाई दिने काम चाहिँ हामी सबैले गरौ ! म त तपाईंहरुको अराउ पराउ मान्ने एकजना मान्छे मात्र हो हिजो तपाईसँग अभियानमा हिड्थे आज तपाईहरुले नै जिताएर मलाई २०८४ साल सम्म गर्नु भनेर दिएनु भएको हो म कुनै ठूलो मान्छे नभएको बताउदै यो अध्ययन टोलीलाई अध्ययन गर्न दिन आग्रह गरे ।

मेयर साम्पाङले त्यसरि स्थानीयवासीलाई आग्रह गरि रहदा केही स्थानीयवासीहरुले आफ्ना गुनासाहरु राखेका थिए ।गुनासो राख्नेक्रममा स्थानीयवासि टासि छिरिङले यदि यस ठाउँमा एयरपोर्ट बन्छ भने तुरुन्तै होस् । पहिले जस्तो २० वर्ष नअड्कियोस र स्थानीयवासी चिन्तामा नपरोस भने ।
त्यसै स्थानीय उद्दिम राईले पनि यहाँ एयरपोर्ट बनोस भन्ने नै हाम्रो चाहाना हो तर यहाँ बीचमा आएर कसैले डाँडाघोपा नगरपालिकाले जे चाहान्छ त्यही गर्छ तिमीहरूले चाहेर पनि केही हुँदैन भनी वर्षो देखि पीडा दिई रहेको बताए ।

यसरी स्थानीयवासिको मेयर साम्पाङले गुनासो सुनेपछि हामी तपाईहरुको घर आगनमा आउने र सबैको समस्यालाई बुझेर एयरपोर्टको विषयलाई छिट्टै नै टुंगोमा पुर्याउनु पर्ने बताउदै म पनि एस नो को पक्षमा रहेको बताए ।

प्राधिकरणले २०६७ र २०७३ साल गरेर धरानमा दुई पटक एयरपोर्ट सम्भाव्यताको अध्ययन गरेको थियो । पहिलो पटकको अध्ययन ट्विनटर (१७ सिटे) विमानको लागि ९ सय मिटर रन वेको मात्र भएको थियो भने दोस्रो पटकको अध्ययनले एटिआर ४२ सिट विमानको लागि पनि अध्ययन गरेको थियो । विगतको र अहिलेको अवस्थाको प्रकृतिलाई अध्ययन गर्न धरान आउनु भएका प्राधिकरणका प्रवन्ध इन्जिनियर नलविक्रम थापाले विगत र अहिलेको अवस्थामा के भिन्नता छ भन्ने कुरालाई अध्ययन गर्नका लागि धरान आएको बताए। अध्ययन टोलीका संयोजक समेत रहेका थापाले अध्ययन लागि प्राधिकरणका तर्फबाट धरान आएको बताए।

पछिल्लो अध्ययन प्रतिवेदनले ४२ सिट विमानको लागि १२ सय ५० मिटर रन वे समेटेको थियो । उक्त अध्ययन प्रतिवेदन अनुसार एयरपोर्ट निर्माण गर्न कुल ९३.२५ बिघा जग्गा अवाश्यक पर्ने उल्लेख छ । प्राधिकरणले एयरपोर्ट निर्माणको लागि उक्त आवश्यक पर्ने जग्गा निःशुल्क उपलब्ध गराउन २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्राचार समेत गरेको थियो ।
अध्ययन टोलीको प्रतिक्षामा रहेका सर्वसाधारणले भने दुई दशक वितिसक्दा विभिन्न राजनीतिक परिवर्तन भइसक्दा पनि एयरपोर्ट बन्ने हल्लाले कहिल्यै नछाडेको बताएका थिए । समय समयमा सम्भावयता अध्ययन गर्ने टोली आए पनि परिणाममूखी निष्कर्ष निकाल्न नसकेको केही स्थानीयवासीको भनाई छ ।

शाही कालमा अर्थात २०६० सालमा मेयर कुमारबहादुर कार्कीे धरानको नगरप्रमुख हुँदा भएको सम्झौता मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएपछि निर्वाचित भएका जनप्रतिनिधिहरुले समेत एयरपोर्ट बनाउने काममा खासै ध्यान नदिएपछि केही समय अगाडि जग्गा धनीहरुले सम्झौता बमोजिम एयरपोर्ट बन्ने सम्भावना जीर्ण रहेको भन्दै जग्गा फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकालाई गुहारेका थिए । उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत जग्गा फिर्ताको पहल अगाडि सारिसकेको अवस्थामा अहिले फेरि एयरपोर्ट बनाउने कुराको लविङ गर्दै हिडेको छ ।
एयरपोर्टका लागि यति कर्पोरेटले ३४ परिवारको ७ विगाहा १४ कट्टा जग्गा खरिद गरेको भएपनि अहिले यति कर्पोरेशनको नाममा ६ विगाहा १८ कट्टामात्र उल्लेख भएको र बाँकी जग्गा व्यक्तिको नाममा अर्थात कुन्दन शमशेर जबराको नाममा भएको स्थानीको आरोप छ । पटक पटक अध्ययन टोली आउने अनि अध्ययन गर्ने तर विमान स्थल बन्ने प्रवृत्तिप्रति धरानका सर्वसाधारणले यसपटक आएको टोलीले गरेको अध्ययनसँग पनि त्यति विश्वास गरेका भने छैनन् । उपमहानगरपालिकाले विमान स्थललाई चाहिने जग्गा उपलब्ध गराउन नसकेको अवस्थामा आएको यो अध्ययन टोलीले समेत अध्ययन गर्ने अनि फर्किने बाहेक केहि गर्न नसक्ने अधिकाँस धराने आंकलन गरेका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।