Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

नेपाली काँग्रेस धरानले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा दुई वटा घर बनाई दिने

नेपाली काँग्रेस धरान नगरका ६ जनाको टोली जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रमा पिडित परिवारलाई आवास निर्माण गर्न निबर्तमान मेयर तिलक राईको नेतृत्वमा मंगलबार धरान बाट जाजरकोट प्रस्थान गरेका छन।

मंसिर ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका सबै तहलाई श्रमदान र पुननिर्माणमा सहयोग गर्न गरेको निर्णय अनुसार नेपाली काँग्रेस धरानको तर्फवाट पार्टीका निवर्तमान सभापति, महासमिति सदस्य तथा निवर्तमान धरान नगर प्रमुख तिलक राईको नेतृत्वमा प्रदेश सभा १/१ सुनसरीका सचिव राजेन्द्र राई, १/२ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ्ग र वडा नं. १७ का सचिव सूर्य कुमार सुनुवार सहितको पार्टी नेतृत्वलाई मानवीय कार्य सफलताका लागि नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल लगायत पार्टीका तहका नेतृत्वहरुले शुभकामना कार्य सम्पन्नको अग्रिम शुभकामना सहित खदा लगाएर बिदाई गरेका छन ।

निबर्तमान मेयर तिलक राईको नेतृत्वमा गएको टोलीले नेपाली काँग्रेस जाजरकोट संग समन्वय गरेर दुई वटा घर निर्माण गर्ने र उक्त घर निर्माणका लागि चाहिने जस्तापाता, काटी, तार, वाईरीङ्ग तार निर्माण सामाग्री र खाना बस्नको लागि चाहिने सामान धरान बाटै लिएर जाने र त्यहा ६ जना घर निर्माणको लागि मिस्त्री व्यवस्था गरेको र भुकम्प पिडीतहरुको लागि औषधि समेत लिएर जाने राईले जानकारी दिएका छन।

उक्त शुभकामना तथा बिदाई कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङ , सुनसरि जिल्ला सचिव माधव घिसिङ , नेपाली काँग्रेस क्षेत्र नम्बर १( क ) सभापति अनिल श्रेष्ठ , नेपाली काँग्रेस क्षेत्र नम्बर १( ख) सभापति मुरारी भट्टराई महिला नेतृ झुमा राई , कोपिला भट्टराई ,जनप्रतिनिधि पदम लिम्बू लोकेन्द्र फाँगो, विध्या शाक्य , वडा सदस्य जनप्रतिनिधि विनोद श्रेष्ठ , रमिता श्रेष्ठ र सुनसरी उधोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ समेतको उपस्थित रहेको थियो ।
यस अभियानमा सहयोग पुऱ्याउने जननिर्वाचित वडाध्यक्षहरु, उद्योगी व्यवसायी एवम् यातायात व्यवसायीहरुलाई सभापति पोख्रेलले धन्यवाद तथा आभार समेत व्यक्त गर्दै उक्त टोली मंगलबार बिहान नै प्रस्थान गर्ने हुँदा आजै विदाई गरेको जानकारी पोख्रेलले दिएका छन।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले