आज मंगलबार जिल्ला प्रशासन कार्यलय सुनसरीको आयोजनामा सरोकारवाला निकाय र नागरिक विच राखिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ७ स्थित कोशीपारि श्रीलंका चिलैया गरैयाका वासीहरुले वर्षौदेखि आफुहरु कोशी कटानको असुरक्षाका विच वस्नु परेको गुनासो राख्दै स्थानीय नगर सरकार र जिल्ला प्रशासन समक्ष शान्ति सुरक्षाको माग राखेका छन।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख रमेश कार्की , जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डे , नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक बिपिन रेग्मी , वडा नं ६ का अध्यक्ष उद्बब प्रसाद पोख्रेलले स्थानियहरुको गुनासो , प्रश्न तथा जिज्ञासाको जबाफ दिएका थिए ।
स्थानियहरुले टप्पु कटान नियन्त्रण , टप्पुमा प्रहरी चौकी, माध्यमिक बिद्यालय , सुबिधाजनक अस्पताल , कृषिमा बीउ बिजक , बिद्यालयमा जनशक्ति , बिधुतको भोल्टेजको समस्या , नागरिकता प्राप्त गर्ने प्राबधान , कानुनी प्रमाणहरु , सुरक्षाको बिषयमा प्रश्न राखेका थिए ।
स्थानियहरुले राखेको प्रश्नको जवाफ दिदै नगर प्रमुख कार्कीले टप्पुमा प्रहरी चौकी निर्माण गर्ने कार्यमा आफु लागि परेको बताए । प्रहरी चौकी र टप्पुमा मतदान केन्द्रको लागि काम अगाडि बढेको कार्कीले बताउदै आगामी शैक्षिक सत्रदेखि स्थानिय जनता आधारभुत बिद्यालयमा कक्षा ९ सञ्चालन गर्ने र अन्य बिद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि जनशक्तिको व्यवस्थापनमा नगरपालिका लागि पर्ने प्रमुख कार्कीको भनाई छ । कोशीमा झोलुङ्गे पुलको काम अगाडि बढेको र कोशी कटान नियन्त्रणकोलागि प्रदेश र संघिय सरकारको समेत ध्यान आकर्षण गराई राखेको कार्कीले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डेले टप्पुमा प्रहरी चौकी र मतदान केन्द्र बनाउने काम अगाडि बढेको बताईन् । टप्पुको सुरक्षा र अपराधिक कार्य नियन्त्रणकालागि प्रशासनले काम गरिराखेको उनको भनाई रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डेको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए ।
सामुदाय- प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत आयोजना भएको
सार्बजनिक सुनुवाई कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक राम प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपनिरिक्षक
लोकेश कुमार तुम्बाम्फे , राष्ट्रिय अनुसन्धानका तिलक प्रसाद शर्मा, ट्राफिक प्रहरी सुनसरी प्रमुख सुभाष थापा, गैर सरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने ओरेक नेपाल सुनसरीकी प्रमुख बिमला घिमिरे लगाएको उपस्तिथि रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाको सहकार्य रहेको थयो ।