Roamwings.com

https://www.facebook.com/roamwingstravel/

दुर्घटना

सुनसरीमा उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ ५ः१० बजेतिर सरकारी कार दुर्घटनामा परेको हो ।

काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटना हुँदा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् ।

खनाल न्यायाधीश रेग्मीका भिनाजु रहेको पारिवारिक स्रोतले बतायो । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

रेग्मीको अवस्था मध्यम र खनालको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

न्यायाधीश रेग्मीको छात्ती र टाउकोमा चोट छ । उनी बोल्न सक्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका खनाल भने बोल्न सक्दैनन् ।

पारिवारिक स्रोतका अनुसार अमेरिकामा बस्दै आएका खनाल सोमबार मात्रै नेपाल आएका थिए । कारमा न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार थिए ।

कारमा सवार न्यायाधीश रेग्मीका छोरा २७ वर्षीय निश्चल रेग्मी र छोरी २० वर्षीया भूमिका रेग्मी एवं चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा सकुशल छन् । चालक खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कार आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार सडकबाट करिब ३ मिटरजति तल झरेको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालकले ‘ब्रेक’ लगाउने क्रममा अनियन्त्रित भएर कार पल्टिएको हो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । प्रहरीकाअनुसार दुर्घटनामा परेर कार क्षतिग्रस्त भएको छ । सरकारी गाडी सार्वजनिक बिदाको दिन प्रयोग गरिएको थियो ।

छुटाउनुभयो कि ?

दुर्घटना

सर्लाहीको बागमतीमा दुर्घटना, तीन जनाको मृत्यु

धरान : बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका
दुर्घटना

कुकुरको टोकाईबाट पाँचजना घाइते ।

२७ असार २०८१ धरान; मोरङको बेलबारी–३ मा कुकुरको टोकाइबाट पाँचजना घाइते भएका छन् ।घाइतेहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ