Roamwings.com

https://www.facebook.com/roamwingstravel/

Uncategorized

कार्यपालिका सदस्यमध्येबाटै कार्यवाहक प्रमुख तथा उपप्रमुख तोक्न सक्ने व्यवस्था लागु

धरान : अध्यादेशबाट सरकारले स्थानिय सरकार सञ्चालन ऐन संशोधन गरी नगरपालिका प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पदबाट निलम्बन भए वा रिक्त भएको अवस्थामा कार्यवाहक तोक्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तो अवस्थामा कार्यपालिका सदस्यमध्येबाटै कार्यवाहक प्रमुख तथा उपप्रमुख तोक्न सक्ने व्यवस्था गरिएको हो । मन्त्रिपरिषद्को गत: शुक्रवार राति बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गर्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

तयारी अध्यादेशमा भनिएको छ ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गरी कुनै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक अध्यक्ष  वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भई काम गर्ने ।’

साथै कुनै वडाध्यक्ष पद कुनै कारणले रिक्त भएमा वा निज निलम्बनमा परेमा वडा समितिका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई कार्य गर्ने व्यवस्था अध्यादेशमा मिलाइएको छ ।

अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित भएपछि अध्यादेश लागु हुनेछ ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा